आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, १५ पुस । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको सहकारी समन्वय उपसमितिको आयोजनामा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदन विषयक अन्तरक्रिया तथा सहकारी ऐन परिमार्जनको लागि सुझाव सङ्कलन कार्यक्रम बाराहीस्थानमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यदलको प्रतिवेदन अभियानको साझा सम्पत्ति भएको बताउनुभयो ।
भक्तपुर जिल्लामा तुलनात्मकरूपमा सहकारीमा कममात्र समस्या देखिनुमा बचत सङ्घको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले पछिल्लो समयमा सहकारी क्षेत्रमा कतिपय बाह्य र आन्तरिक कारणले सङ्कटहरू देखिएको हुँदा यस क्षेत्रको कार्यगत, व्यवहारगत र संरचनागत सुधारको आवश्यकता महसुस गरी नेपाल सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० गठन गरेको बताउनुभयो ।
सङ्घका उपाध्यक्ष एवं उपसमितिका संयोजक हरि बल्लले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको प्रतिवेदनको बारेमा जानकारी दिँदै समुदायका सहकारीको विकास र प्रवद्र्धनको लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
सङ्घका सहकारी समन्वय उपसमितिका सदस्य बलराम प्रजापतिले स्वागत मन्तव्य राख्दै नेपालको संविधान, २०७२ ले समाजवादउन्मुख अर्थतन्त्र विकासको महत्वपूर्ण खम्बाको रूपमा सहकारी क्षेत्रलाई लिए पनि राज्यले सहकारीका समस्याहरू समयमै प्राथमिकतामा राखी सम्बोधन गर्न नसक्दा सहकारीमा समस्या देखापरेको बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई बढाई ज्ञापन गरिएको थियो । सङ्घका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीको पाँचाँै सिद्धान्त शिक्षा, तालिम र सूचनाबमोमिज कार्यदलको प्रतिवेदनले सदस्य संस्थालाई सुसूचित गराएको बताउनुभयो ।
Leave a Reply