बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
रेमिट्यान्सले देश चलाइरहेको नेपाल सरकारले दक्षिण कोरियाबाट रेमिट्यान्स पठाउन पाउँ भन्नेहरूलाई गोली हानेर हत्या गरेको छ । गोली नै हान्नुपर्ने स्थिति थिएन तर गोली हानेरै सत्तामा पुगेको माओवादी नेतृत्वको शासनमा त्यो सामान्य कुरा हो ।
रुसबाट रेमिट्यान्स पठाइरहेका नेपालीहरू पनि धेरै मारिएको र थुप्रै घाइते भएको समाचार अहिले पत्रपत्रिकामा छ्यापछ्याप्ती आइरहेको छ ।
केही समय पहिले इजरायलबाट रेमिट्यान्स पठाइरहेका नेपाली पनि मारिएका थिए ।
यसरी रेमिट्यान्स पठाउनेहरूको कतै गर्मीले, कतै कामको बोझले र कतै गोली खाएर मर्नु नेपाली युवाहरूको नियति बनेको छ । तर, गोली, भोक, उपचार अभाव, बोक्सीको आरोप, साहुकारको यातना, सहकारीको ठगीबाट मर्न र आत्महत्या गर्न नेपालमै वातावरण छ, विदेश नै जानुपर्छ र ?
सन्दर्भ, विश्व शान्तिका बाधक नाटोलाई रोक्न रुसले गरिरहेको युद्धमा नेपाली मारिएको विषय अहिले चर्चित छ । नेपालीहरू बेलायती र भारतीय सेनामा भर्ती हुन पाउने तर अरु देशको सेनामा भर्ती हुन नपाउने हल्ला खुबै भइरहेको छ । ‘गुर्खा’ हरू बहादुर छन् रे । ती बहादुरलाई धेरैले ‘भाडाका सिपाही’ पनि भन्छन् । ‘भाडाका सिपाही’ कुनै पनि देशको लागि लड्न सक्छन्, केबल पैसा चाहिन्छ । त्यसैले, बेलायती सेनामा भर्ती भएका ‘गुर्खा’ हरू नेपालको कूटनीतिक सम्बन्ध भएको मित्र राष्ट्र अर्जेन्टिनाविरुद्ध फोकल्यान्डमा लड्न पुगे, भारतीय सेनामा भर्ती भएका ‘गोर्खा’ हरू छिमेकी मित्र राष्ट्र चीनविरुद्ध लड्न पुगे । भोलि ती ‘गुर्खा’ र ‘गोर्खा’ हरू नेपालविरुद्ध लड्न आउने त होइनन् ? त्यसैले, गोर्खा भर्ती केन्द्र खारेज गर्न देशभक्त नेपालीहरूले आवाज उठाउँदै आएका छन् । तर, हिजो राजदरबारले सुनेन र आज सिंहदरबारले पनि सुनेको छैन । मूर्खहरू ठेस लागेर उत्तानो नपरेसम्म चेत्दैनन्, सल्लाह–सुझाव त भालुलाई पुराण हो ।
बेलायती र भारतीय सेनामा मात्र भर्ती हुन पाउने भन्नेहरूले नेपाली सेनालाई विदेशीको झन्डा बोकाएर आक्रमण गर्न पठाउन हुन्छ कि हुँदैन ? यसको पनि जवाफ दिनुपर्छ । संरा अमेरिकाको झन्डा बोकाएर नेपाली सेना हाइटीमा आक्रमण गर्न गएकोलाई तिनीहरू के भन्छन् ? हिजो इराकमा हमला गर्ने अमेरिकाको पक्षमा काम गर्ने नेपालीहरूलाई लहरै राखेर गोली हानिएको थियो । अनि आक्रमण गर्न जाने अमेरिकी युद्ध विमानलाई त्रिभुवन विमानस्थल प्रयोग गर्न दिन खोज्नेलाई कसरी लिन्छन् ? हाम्रो असंलग्न परराष्ट्र नीति, विश्व शान्तिको पक्षधर भनिएको नेपालका सरकारहरूले देशको हुर्मत लिएको छ ।
यसरी इराक, इजरायल, रुसलगायत युद्धग्रस्त क्षेत्रमा सस्तो ज्यामी र भाडाका सिपाही बनाएर पठाउने म्यानपावरहरूलाई काँधमा बोकेर हाम्रा सरकारहरू विदेशी भूमिमा नेपाली मरेपछि ‘गोहीको आँसु’ झारेर के प्रदर्शन गर्न खोजेका हुन् ?
Leave a Reply