यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १८ पुस । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गरुदकुण्डदेखि च्याम्हासिंहसम्म रहेको मासु पसल अनुगमन गरियो । धेरै पसलहरूमा मासु खुला राख्दा धुवाँ, धुलो र झिँगाले भन्किने भएकोले सिसाको बाकस बनाई मासु जालिले छोपेर बेच्न टोलीले निर्देशन दियो ।
अनुगमनमा टोलीले तुल्सीनारायण शाहीको मासु पसल नवीकरण गर्न, मासु खुला राख्दा धुवाँ, धुलो र झिँगाले भन्किने भएकोले सिसाको बाकस बनाई मासु जालिले छोपेर राख्न, सरसफाइमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, भुइँ, भित्ता पानी नसोसिने र सजिलै सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न, पेटी र पेटीमुनि सामान नराख्न निर्देशन दियो ।
च्याम्हासिंह फ्रेस मिट पसल नवीकरण गर्न, मासु खुला राख्दा धुँवा, धुलो र झिँगाले भन्किने भएकोले सिसाको बाकस बनाई मासु जालिले छोपेर राख्न, सरसफाइमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, भुइँ, भित्ता पानी नसोसिने र सजिलै सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न, पेटी र पेटीमुनि सामान नराख्न निर्देशन दिई तराजु नवीकरण नभएकोले जफत गरी बासी र बिग्रेको मासु २२ किलो जफत गरी नष्ट गरियो ।
त्यस्तै, जय जय श्री ब्रह्मायणी कोल्ड स्टोरलाई सरसफाइमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो ।
भक्तपुर आर कोल्ड स्टोर धेरै वर्षको नवीकरण बाँकी भएकोले तीन दिनभित्र नवीकरण गर्न, सरसफाइमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, भुई, भित्ता पानी नसोसिने र सजिलै सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न निर्देशन दिइयो ।
भक्तपुर चिकेन हाउस नवीकरण गर्न र म्याद नाघेको न्यु भक्तपुर चाउचाउ नष्ट गर्न निर्देशन दिइयो ।
त्यस्तै, एस. एन्ड एस. फ्रेस मिट सपमा मासु खुला राख्दा धुँवा, धुलो र झिँगाले भन्किने भएकोले सिसाको बाकस बनाई मासु जालिले छोपेर राख्न, सरसफाइमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, भुइँ, भित्ता पानी नसोसिने र सजिलै सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न निर्देशन दिइयो ।
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैँया सुवाल, ज्ञानबहादुर मानन्धर, भनपा स्यानिटेसन उपशाखाका प्रमुख दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका हरिहर काफ्ले, पशु सेवा शाखा भक्तपुरका पार्वती योञ्जन, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ र महानगरीय प्रहरी परिसरका रेशम बस्नेतको उपस्थिति थियो ।
Leave a Reply