यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १८ पुस । भक्तपुर सिकर्मी सङ्घको आयोजनामा विश्व सर्वहारावर्गका गुरुहरू स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले जोसेफ स्तालिन र माओ त्सेतुङ देश र जनताप्रति समर्पित भएर निरन्तर लागेकै कारण रुस र चीनमा समाजवादी क्रान्ति सफल भएको बताउनुभयो ।
देश र जनताको सेवामा सङ्घर्षरत नेताहरूको जीवनी अध्ययन गरी अध्ययनबाट सिकेको कुरा जनतामाझ पु¥याउनुपर्नेमा जोड दिँदै उहाँले नेतृत्व क्षमता अभिवृद्धि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका जिल्ला अध्यक्ष उपेन्द्र सुवालले सत्ताधारी कम्युनिस्टहरू नक्कली भएकै कारण देश परनिर्भर हुँदै जनताले दुःख पाइरहेको बताउनुभयो ।
सङ्घका अध्यक्ष विक्रम धुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष रामसुन्दर सुवाल र सचिव पुण्यराम न्हुछेले पनि स्तालिन र माओ त्सेतुङको योगदानबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply