नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
जेनेभा, १९ पुस (एएफपी) । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजराइली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू ‘अत्यन्त चिन्तित’ भएको बिहीबार बताउनुभएको छ ।
इजराइलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले सोमबार ‘गाजाबासीहरूको निर्वासनलाई प्रोत्साहन गर्नका लागि एक समाधान’ लाई बढावा दिन र गाजापट्टीमा इजराइली बस्तीको पुनःस्थापनलाई प्रवद्र्धन गर्न आह्वान गर्नुभएको थियो ।
उहाँको उक्त टिप्पणी एक दिनअघि अति दक्षिणपन्थी वित्तमन्त्री बेजेलेल स्मोट्रिचले पनि गाजामा बसोबास गर्नेहरूलाई फिर्ता गर्न आह्वान गरेको भोलिपल्ट आएको हो । स्ट्रोमिचले इजराइलले गाजाका करिब २४ लाख प्यालेस्टिनीहरूलाई गाजा छाड्नका लागि ‘प्रोत्साहन’ गर्नुपर्ने बताउनुभएको थियो ।
“गाजाका नागरिकहरूलाई तेस्रो मुलुकमा स्थानान्तरण गर्ने योजनामा उच्चस्तरीय इजराइली अधिकारीहरूको टिप्पणीबाट अत्यन्त चिन्तित छु”, मानवअधिकार प्रमुख टर्कले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “अन्तर्राष्ट्रिय कानूनहरूले संरक्षित क्षेत्रभित्र संरक्षित व्यक्तिहरूलाई जबरजस्ती स्थानान्तरण वा कब्जा गरिएको क्षेत्रबाट निर्वासनलाई निषेध गर्दछन् ।”
अक्टोबरमा युद्ध सुरु भएपछि इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु नेतृत्वको सरकारले गाजाबासीलाई हटाउने वा यहुदीबासीलाई गाजामा फिर्ता पठाउने योजनाबारे आधिकारिकरूपमा सुझाव दिएको छैन ।
अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलमाथि गरेको आक्रमणपछि युद्ध सुरु भएको हो । आधिकारिक इजराइली आँकडाका आधारमा एएफपीले दिएको तथ्याङ्कअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ४० को मृत्यु भएको छ ।
जवाफमा इजराइलले बमबारी र स्थल आक्रमण गर्दै हमासलाई निमिट्यान्न पार्ने वाचा गरेको छ । इजराइलको आक्रमणबाट गाजाको ठूलो भूभाग भग्नावशेषमा परिणत भएको छ र कम्तीमा २२ हजार तीन सय १३ को ज्यान गएको छ ।
हमास लडाकू र इजराइलबीचको करिब तीन महिनाको युद्धका कारण गाजाका अधिकांश बासिन्दाहरू आफ्नो घर छाड्न बाध्य भएका छन् ।
Leave a Reply