निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टी ६ वडा एकाइ समितिको आयोजनामा मंसिर २१ गते हुने निर्वाचनलाई मध्यनजर गरी नेमकिपा ६ वडा चुनाव परिचालन समिति गठन गर्ने कार्यक्रम सम्पन्न भएको छ । नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका लागि भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आसन्न निर्वाचन भारतीय विस्तारवाद, सीमा अतिक्रमण र भ्रष्टाचारविरुद्धको सङ्घर्ष रहेको बताउनुभयो । भक्तपुर, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टी ६ वडा एकाइ समितिको आयोजनामा मंसिर २१ गते हुने निर्वाचनलाई मध्यनजर गरी नेमकिपा ६ वडा चुनाव परिचालन समिति गठन गर्ने कार्यक्रम सम्पन्न भएको छ । नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका लागि भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आसन्न निर्वाचन भारतीय विस्तारवाद, सीमा अतिक्रमण र भ्रष्टाचारविरुद्धको सङ्घर्ष रहेको बताउनुभयो । ‘ठूला दलहरूलाई हराउन मादल चिह्नमा भोट हाल्नुपर्छ । मादलमा भोट हाल्नु भनेको भारतीय विस्तारवादलाई खबरदारी गर्नु हो ।’ सचिव सुवालले भन्नुभयो । नेमकिपाले विश्वविद्यालयको स्थापनाको लागि सङ्घर्ष गर्दै आएको र ख्वप विश्वविद्यालयको स्थापनाले भक्तपुरवासीका जनताको शैक्षिक, सामाजिक, आर्थिक र राजनैतिक चेतनाको विकास गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ का प्रदेशसभाका उम्मेदवार सुरेन्द्रराज गोसाईले पार्टीले युवा पुस्तालाई उम्मेदवार बनाएकाले कार्यकर्ताहरूमा नयाँ उत्साह सिर्जना भएको बताउनुभयो । नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाका उम्मेदवारहरूलाई जिताउन कार्यकर्ताहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा उपेन्द्र सुवाल, गणेशराम थुसा, रोशनमैया सुवाल र वडा अध्यक्ष हरिप्रसाद सुवालले पनि बोल्नुभएको थियो । भेलाले रोशनमैया सुवालको संयोजकत्वमा चुनाव परिचालन समिति गठन गरियो ।
Leave a Reply