अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौं, २६ कार्तिक । पुनः परीक्षाको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)का एमबीबीएस प्रवेश परीक्षाका विद्यार्थीहरूले आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा डीन डा. जगदीश अग्रवालको पुतला जलाएका छन् । काठमाडौं, २६ कार्तिक । पुनः परीक्षाको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)का एमबीबीएस प्रवेश परीक्षाका विद्यार्थीहरूले आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा डीन डा. जगदीश अग्रवालको पुतला जलाएका छन् । प्रवेश परीक्षामा भएको अनियमितताका विषयमा सिआईबीले छानबिन गरी प्रतिवेदन बुझाइसक्दासमेत डीन कार्यालयले दोषीउपर छानबिन गर्नुको साटो मौन बस्नुले प्रश्नचिन्ह खडा भएको बताउँदै विद्यार्थीहरूले डीन कार्यालयको पदाधीकारीलाई बर्खास्तीको माग राख्दै पुतला दहन गरेका हुन् । विद्यार्थीहरूले हालको परीक्षा रद्द गर्नु पर्ने, मर्यादित ढङ्गले पुनः परीक्षा सञ्चालन गरिनु पर्ने, असक्षम र अदूरदर्शी डीन कार्यालय तथा परीक्षा समिति बर्खास्त गर्न समेत विद्यार्थीहरूले आइओएमसमक्ष माग गरेका छन् । ‘सीआईबीले दिएको प्रतिवेदनका आधारमा डीन कार्यालयले जसरी कावाही गर्छु भनेको थियो, सीआईबीले प्रश्नपत्र बाहिरिएको हो भनेर प्रतिवेदन दिइसक्दा पनि डीन कार्यालय मौन बस्नुले आज मैले गरेको मेहेनत माथि पनि शङ्का उब्जिएको छ’, गत असोज २८ गते आईओएमले लिएको प्रवेश परीक्षामा भाग लिएका विद्यार्थी भक्तपुरका जोतिन पोद्दारले भने । उनले पटकपटक आईओएमका प्रवेश परीक्षामा हुने चिट चोरीको घटना सार्वजनिक भइसक्दा समेत आईओएमले सोही ठाउँलाई सेन्टर बनाइनुले समेत प्रश्नचिन्ह खडा गरेको उनले बताए । आईओएमकै प्रवेश परीक्षाका अर्का सहभागी रिजवान आलमले आइओएमको प्रवेश परीक्षामा भएको चीट चोरीको प्रकरण भएको २८ दिन बितिसक्दा समेत डीन कार्यालयले कुनै निर्णय नलिनु आफैमा शङ्कास्पद भएको बताए । आफूहरूले ४ वर्षदेखि प्रवेश परीक्षाका लागि मेहेनत गर्दा समेत नाम ननिस्कनुले पनि यसको सेटिङ्ग भित्रबाटै हुने प्रमाणित भैसकेको उनले बताए । यता चिकित्सा शिक्षा अध्यादेश ल्याएकोमा खुशी व्यक्त गर्दै पत्रकार सम्मलेनको आयोजना गरेको डा. केसीमाथि नै आइओएमका विद्यार्थी खनिएका छन् । आईओएमको प्रवेश परीक्षा पुनः सञ्चालन गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले यो प्रकरणमा आफूहरूलाई साथ दिन डा. केसीसमक्ष बारम्बार आग्रह गर्दासमेत डा. केसीले स्वास्थ्यको बहाना बनाउँदै पन्छिन खोजेको आरोप लगाए । ‘यही कुरा सुनिदिनु प¥यो भनेर म आफैले डा. केसीलाई भेट्दा समेत उहाँले स्वाथ्यको बहाना देखाउँदै मलाई सञ्चो छैन । तिमीहरू के गर्छौ गर भन्नुभयो । विद्यार्थीहरूले भने,‘जसले गर्दा यस प्रकरणमा डा. केसीकै संलग्ना त छैन भन्ने प्रश्नचिन्ह खडा भएको छ ।’
Leave a Reply