यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २० पुस । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरका विद्यार्थीहरूलाई शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले बौद्धिक जनशक्ति उत्पादन गरी देश विकासमा महत्वपूर्ण योगदान पु¥याउन नगरपालिकाअन्तर्गत विभिन्न विषयका शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा क्षेत्रको विकासमा गरेको लगानी उपलब्धिपूर्ण भएको बताउँदै उहाँले कामदारवर्गको हितमा काम गर्ने नीतिअनुरूप भनपाले काम गरिरहेको बताउनुभयो ।
शारीरिक र बौद्धिक श्रमले देश विकासमा टेवा पु¥याउने बताउँदै प्रमुख प्रजापतिले युवा जनशक्ति विदेसिँदा र यहाँ प्राप्त स्रोतसाधनको उचित प्रयोग नहुँदा देश विकासमा झन्झन् पछाडि पर्दै गएको बताउनुभयो ।
श्रमको सम्मान र इज्जत गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरूमा कठिन मेहनत र परिश्रम आवश्यक भएको र कसैको नक्कल नगरी आफ्नै शैलीमा आफ्नो विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थीहरूले अध्ययन गर्ने सबै विषयहरू समान ढङ्गले महत्वपूर्ण भएको बताउँदै विद्यार्थीहरूमा श्रमलाई सम्मान गर्ने बानीको विकास गर्नु आवश्यक भएको बताउनुभयो । उच्च शिक्षा अध्ययन गरी स्वदेशको सेवा गर्ने उद्देश्यले विद्यार्थीहरूले अध्ययन गर्नुपर्ने बताउँदै उहाँले सर्टिफिकेट सँगसँगै हातमा सीप भएका व्यक्तिहरूले व्यक्तित्व विकासमा छिटो अवसर पाउने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले सबै विषयहरू अध्ययन अध्यापनको व्यवस्था नपाबाट सञ्चालित कलेजहरूमा गरिरहेको बताउँदै शैक्षिक ऋणलाई ऋणको रूपमा नभई नगरवासी विद्यार्थीहरूलाई नपाले प्रदान गरेको सुविधाको रूपमा लिई यसको उचित सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सम्बन्धी व्यवस्था, शैक्षिक ऋण माग गर्न आवश्यक प्रक्रिया, ऋणको सीमा र शर्त, ऋणको सावाँब्याज असुली आदिबारे प्रस्ट पार्नुभयो ।
आ.व. २०८०/८१ मा भक्तपुर नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यता (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याजदरमा ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई भक्तपुर नगरपालिकाबाट शैक्षिक ऋण प्रदान गर्ने सम्बन्धमा आवेदन पर्न आएका मध्ये अन्तर्वार्ताबाट १०१ जना विद्यार्थीहरू छनोट भएका थिए ।
छनोट हुनेमा भनपा वडा नं. १ का ३ जना, भनपा २ का १५ जना, भनपा ३ का ११ जना, भनपा ४ का १५ जना, भनपा ५ का १० जना, भनपा ६ का १६ जना, भनपा ७ का १२ जना, भनपा ८ का ७ जना, भनपा ९ का ४ जना र भनपा १० का ८ जना रहेका छन् ।
Leave a Reply