भर्खरै :

महेश्वरी बचतको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

महेश्वरी बचतको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, २१ पुस । महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ साधारणसभा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिकोे प्रमुख आतिथ्यमा शनिबार वाँचुत्वमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले देशको अर्थतन्त्रमा टेवा दिन उत्पादनमूलक क्षेत्रमा सहकारीले लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । आत्मनिर्भर बन्न सेवामूलक क्षेत्रमा पनि लगानी गर्नुपर्नेमा जोड दिँदै उहाँले विदेशी ऋण लिएर देशलाई सरकारले ऋणमा डुबाएर दैनिक अत्यावश्यक सामग्रीहरू विदेशबाट आयात गरी परनिर्भरतातर्फ धकेल्दै लगेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले समुदायमा आधारित सहकारीले मात्र सहकारी मूल्य र मान्यताअनुसार बचतकर्ता तथा ऋणी सदस्यहरूलाई आवश्यकताअनुसार सहयोग गर्ने बताउनुभयो ।
विशेष अतिथि भक्तपुर नगरपालिका वडा न. ७ का वडाध्यक्ष उकेश कवांले सहकारीले समाजवादी सिद्धान्तलाई आत्मसात गरी जनसमुदायको हितको लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । स्थानीय सीप र स्रोतलाई प्रयोग गरी विदेश पलायन हुने प्रवृत्तिलाई रोक्न सम्पूर्ण सरोकारवालाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
सिद्धि गणेश सहकारी संस्थाका उपाध्यक्ष विष्णुराम दुमुरुले समुदायमा आधारित असल सहकारीमा मात्रै आर्थिक कारोबार गर्न आग्रह गर्नुभयो ।
पूर्वजननिर्वाचित भनपा वडा न. ७ (साबिक वडा नं. ६) का वडा अध्यक्ष एवं समाजसेवी कृष्णगोविन्द खाइजुले सहकारीले सर्वसाधारण जनताको आवश्यकता बुझेर समय सापेक्ष विविध जनचेतनामूलक तथा आर्थिक स्तर उकास्ने क्रियाकलाप गर्दै जानुपर्ने कुरामा जोड दिनुभयो ।
संस्थाका सचिव तेजभक्त श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजुराम ख्याजुले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णप्रसाद राजभण्डारीले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रगति प्रतिवेदन पेस गर्नुभयो । भेलाले राजेश कुस्माको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति तथा श्याम ख्याजुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित ग¥यो ।
संस्थाका अध्यक्ष विवेक कुस्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वास्थ्य शिविरअन्तर्गत सुगर तथा प्रेसर परीक्षणमा सहयोग गर्नुहुने स्वास्थ्यकर्मी तथा संस्थाबाट सञ्चालित विविध तालिमका प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *