भर्खरै :

विज्ञानसमम्त ढङ्गले जीवन अगाडि बढाउनु प्रगतिशील संस्कृति

भक्तपुर, २१ पुस । चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाजद्वारा न्हु दँया भिन्तुना ¥यालीका सहयोगी र विभिन्न दाफा भजनहरूलाई धन्यवादज्ञापन तथा कदरपत्र वितरण शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मानव सभ्यताको विकाससँगै संस्कृतिको पनि विकास भएको हो† गीत, सङ्गीत, नृत्य मानिसको लागि शारीरिक व्यायामजस्तै हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “अन्धविश्वास त्यागेर विज्ञानसम्मत ढङ्गले जीवन अगाडि बढाउनु प्रगतिशील संस्कृति हो । मानिसको बोलीबचन, आनीबानी, भेषभूषा, खानपान सबै सांस्कृतिक स्तरसँग जोडिएको हुन्छ ।”
“बहुदलको पुनःस्थापना र गणतन्त्रको कार्यकाल ३४ वर्ष भयो । तर, जाजरकोटका छोरीहरूको उमेर नपुग्दै विवाह र सुत्केरी हुने समाचार यथावत छ । यसको दोषी जाजरकोटबाट पटक पटक मन्त्री भएकाहरू नै हुन्”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री र मन्त्रीहरूले आ–आफ्ना छोराछोरीलाई मात्र हेरविचार गर्ने होइन, देशभरिका बालबच्चालाई हेर्न जरुरी छ । नेपालमा प्रम र मन्त्रीहरूले जनताका छोराछोरीबारे चिन्ता लिएका छैनन् । नेपालका अधिकांश विद्यालयको विद्यार्थीहरूको शैक्षिक जग कमजोर छ । शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूलाई जगैदेखि तयार गर्नु जरुरी छ । साहित्यले समाज परिवर्तन गर्न ज्यावलको भूमिका खेल्छ, रुसको ‘आमा’ उपन्यासले कमजोर समाजलाई क्रान्तिले आधार तयार गरेको थियो । नेपालमा यस्तो साहित्य तयार गर्न लेखक, कवि र कलाकारहरूको योगदान हुनु जरुरी छ ।”
नयाँ पुस्तालाई जाँड रक्सी, चुरोट, वियरलगायत खराब बानीबाट टाढा राख्न विद्यालय र अभिभावकहरूको संयुक्त प्रयास आवश्यक भएको उल्लेख गर्दै सचिव सुवालले यसमा प्रगतिशील सांस्कृतिक समाजले पुलको भूमिका निर्वाह गर्नु जरुरी छ भन्नुभयो ।
नेमकिपा चाँगुका अध्यक्ष न्हुछेभक्त फोजुले परम्परागत बाजागाजा, नाचगान र संस्कृति संरक्षण गर्न समय समयमा प्रशिक्षण र प्रतियोगिता गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले चाँगु नपामा कामै नगरी योजना फछ्र्याैट गरेर विकासको नाममा आर्थिक अनियमितता गरिरहेको बताउनुभयो ।
समाजका संयोजक मिनबहादुर बाटाको सभापतित्वमा भएको सो कार्यक्रममा रामकृष्ण लिगल र सूर्यबहादुर फोजूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि सुवालबाट सहयोगी समूहलाई कदरपत्र र मायाको चिनो वितरण भएको थियो ।
भेलाले रामकृष्ण लिगलको अध्यक्षतामा २९ सदस्यीय चाँगुनारायण प्रगतिशील सांस्कृतिक समाज पुनः गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *