कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २१ पुस । भक्तपुरको ताथलीस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ्य शिविरसहित १४ औँ साधारणसभा शनिबार सम्पन्न भयो ।
चाँगुनारायण नगरपालिका वडा नं ९ मा रहेको सो सहकारीको साधारणसभा तथा स्वास्थ्य शिविर सूर्यविनायक गणेश मन्दिर परिसरमा भएको हो । स्वास्थ्य शिविरका लागि नेसनल बाथरोग सेन्टरले प्राविधिक सहयोग गरेको थियो ।
सो सभाको उद्घाटन चाँगुनारायण नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गणेश त्यातले गर्नुभएको थियो ।
कार्यक्रममा उहाँले केही गलत उद्देश्यले सञ्चालित सहकारीले गर्दा समुदायमा आधारित सहकारीको समेत बदनाम भएको बताउनुभयो ।
उहाँले स्थानीय तहहरूमा बहुउद्देश्यीय सहकारीको सङ्ख्या बढेको उल्लेख गर्दै स्थानीय व्यक्तिको सक्रियतामा मात्र सञ्चालित सहकारीमा बचत गर्न अनुरोध गर्नुभयो । वडा अध्यक्ष त्यातले सो अवसरमा सहकारीका उत्कृष्ट बचतकर्ता र ऋणीलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा सयपत्री साकोसका अध्यक्ष हरिगोपाल बासुकला तथा प्रगति युवा समाजका सचिव रवीन्द्र न्हेम्हाफुकीले सहकारीले वित्तीय अनुशासन कायम गरी समुदायका लागि काम गर्न सके सहकारी सिद्धान्तअनुसार काम हुने उल्लेख गर्नुभयो ।
ताथलीको तैकाबु गणेश सांस्कृतिक समूहको सांस्कृतिक प्रस्तुतिका साथ भएको कार्यक्रममा सहकारीका सचिव हरिसुन्दर छुकां, कोषाध्यक्ष अर्जुन सुवेदी, ऋण उपसमिति संयोजक उत्तम साखकर्मी तथा लेखा समिति सदस्य घनश्याम खड्काले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
मासिक असल बचतकर्ता श्यामु बस्नेत, सामूहिक जमानी ऋणतर्फ उत्कृष्ट ऋणी मनहरि बस्नेत, धन जमानी ऋणतर्फ उत्कृष्ट ऋणी पुस्कर खत्री, उत्कृष्ट बाल बचत प्राश्ना न्हेम्हाफुकी र उत्कृष्ट दैनिक बचत राजु बाला सम्मानित हुनुभएको छ ।
सहकारीका अध्यक्ष रमेश न्हेम्हाफुकीको सभापतित्वमा सम्पन्न सो सभामा उहाँले सहकारीलाई थप समुदायमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उक्त संस्थामा आ. व. २०७९/८० मा ७२ लाख ३४ हजार शेयर पुँजी भएको छ । सहकारीले सोही आर्थिक वर्षमा ३ करोड ७ लाख ५८ हजार बचत सङ्कलन गरी ३ करोड ७३ लाख ३८ हजार रूपैयाँ ऋण लगानी गरेको छ ।
Leave a Reply