यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
चितवन, २१ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ राप्ती–१० एकाइ समितिको आयोजनामा वडास्तरीय किसान भेला एवम् प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा चितवन जिल्ला उपाध्यक्ष राजकुमार श्रेष्ठले क्रान्तिकारीहरूले आमूल परिवर्तनको निम्ति सङ्घर्ष गर्ने स्पष्ट पार्दै सानोतिनो लोभ, आश्वासनमा फस्नेहरू धोकेबाज र अवसरवादी हुन्छन् भन्नुभयो ।
नेमकिपा चितवन जिल्ला समितिका सचिव मोहन प्रजाले विगतमा नेमकिपाको अग्रज कार्यकर्ताहरूको नेतृत्वमा जुगेडी, फुटपानी किसान सङ्घर्षका घटना ताजै रहेको स्मरण गराउनुभयो । किसानहरूलाई सहजरूपमा कृषि मल, बीउ उपलब्ध नगराउने यी पुँजीवादी शासक दलहरू किसानविरोधी भएको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य अर्जुन प्रजाले काङ्ग्रेस, एमाले र माओवादीले पालैपालो शासन गरे पनि गरिखाने जनताको जीवनमा सामान्य परिवर्तन आउन सकेन भन्नुभयो ।
कार्यक्रममा किसान छड्के चेपाङ, विद्यार्थी कृष्ण तामाङ र प्रकाश चेपाङले पनि बोल्नुभएको थियो ।
Leave a Reply