यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, २३ पुस । शासक दलका नेताहरू किन इमानदार, निःस्वार्थी भएनन् र शासक दलले किन इमानदार नेता र कार्यकर्ता तयार गर्न सकेन भन्ने प्रश्न सहर, बजार र घर–बस्तीमा उठिरहेको छ । सत्तारुढ दलमा इमानदार नेता, कार्यकर्ता नभएकै या अभाव भएकै कारण देशमा बेथिति बढेकोमा शङ्का छैन । देशको मुहार फेर्न र आदर्शाेन्मुख समाज स्थापना गर्न हरेक राजनीतिक दलमा इमानदार नेता तथा कार्यकर्ताको खाँचो हुन्छ । इमानदार नेता तथा कार्यकर्ताहरू भएको स्थानीय तहमा राम्रै काम हुन्छ, विकासमा चुहावट हुँदैन । त्यस्तै, प्रदेश र केन्द्रमा पनि इमानदार नेता, मन्त्री र सांसदहरू हुनुपर्छ । स्थानीयदेखि केन्द्रसम्म, हरेक सरकारी तथा गैरसरकारी कार्यालय, सेना, प्रहरीको जुनसुकै कार्यालय या स्थानमा इमानदार व्यक्तिहरू हुनुपर्छ । इमानदार नेता, मन्त्री, सांसद तथा कर्मचारी तयार नभएसम्म देशको प्रगति जति हुनुपर्ने हो हुनेछैन; भ्रष्टाचार र अनियमितता रोक्नेछैन । यो देशको यथार्थ हो ।
राजनीतिमा या राजनीतिक दलमा अर्काे महत्वपूर्ण पक्ष सिद्धान्त र विचारमा अडान पनि हो । सिद्धान्त र विचारमा अडान छोडेर कुर्सी पाउने नाउँमा जोसँग पनि मिल्ने, भागबन्डा गर्ने दलगत र व्यक्तिगत स्वार्थमा सत्तारुढ दलहरू लागेकाले पनि देशमा अराजकता र अस्थिरता निम्तिएको हो† पद पाएपछि प्रजातान्त्रिक पद्धति, आचरण, नैतिकता, अनुशासन सबै भुल्ने प्रवृत्तिले सत्तारुढ दलमा अविश्वासको घेरा बढेको हो† शङ्का उपशङ्का सिर्जना भएको हो । अवसरवादी राजनीतिक दलले दिशा निर्देश गर्न सक्दैन । दलगत र व्यक्तिगत स्वार्थ पूरा भएपछि सिद्धान्त र विचार भुल्ने, बोलीबचन फेर्ने, हुने नहुने काम भएपछि भ्रष्टाचार र अनियमितता स्वाभाविकरूपमा बढ्छ । यही कारण सत्तारुढ दलले प्रजातन्त्रलाई जीवनपद्धतिको रूपमा विकास गर्न सकेन; गणतन्त्रलाई संस्थागत गर्न सकेन । देश विकास र जनताको जीवनस्तरको कुरा बोलीमा सीमित रह्यो ।
ठुला दलहरूमा सत्तामुखी राजनीति हाबी भयो । सत्ता पाएपछि ती दलका नेताहरू वर्गीय शत्रु र मित्र पनि चिन्दैनन् । शासक र ठुला दलका नेताहरू बढी भाषण गर्छन्, लोभलालच बाँड्छन्, आकाश पाताल जोड्ने बखान गर्छन् तर काम गर्दैनन् । राजनीतिक वृत्तमा देखिएको यो प्रवृत्तिले राजनीतिक कलह भयो; आन्तरिक द्वन्द्व बढ्यो, वैमनस्यता बढ्यो । शासकहरूको अधिकांश समय सत्तामुखी राजनीति र भागबन्डामा बित्यो । आफ्ना असन्तुष्ट नेता र सांसदहरूलाई थामथुम गर्नेमा समय बित्यो । देश र जनताको सेवा गर्ने सपथ खाएका शासक दलका नेता र मन्त्रीहरू मुलुक बनाउन लागेनन्; मुलुक बनाउन सोचेनन् । विदेशी शक्ति राष्ट्रको पृष्ठपोषण गर्न, उनीहरूको स्वार्थ पूरा गर्न सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरू लागे । उनीहरूमा देश बनाउने दृढ इच्छाशक्ति नै भएन; देश बनाउने निश्चित योजना भएन या दूरदृष्टि भएन या दृष्टिकोण नै भएन । जसरी भए पनि दल ठुलो बनाउने, सरकारको नेतृत्व गर्ने या सरकारमा सहभागी हुने सत्तामुखी राजनीतिले देश कसरी बन्छ ? देशका युवाहरूलाई स्वदेशमै रोजगारी दिनुको सट्टा जसरी भए पनि विदेश पठाउने र सकेसम्म उतै जिन्दगी बिताउन बाध्य पार्ने सरकारको कस्तो विडम्बनापूर्ण नीति या कार्य ? त्यस्ता सरकारी नेताहरूले प्रजातन्त्र, गणतन्त्र र समाजवादको फुस्रो भाषण गरेर के देश बन्छ ? के देशमा विधिको शासन र सुशासन हुन्छ ? अनि सत्तासीन दलका नेता तथा मन्त्रीहरूले जनतालाई प्रजातन्त्र र समाजवादको के पाठ सिकाउलान् र सङ्गठित तथा सुसूचित गर्लान् ?
Leave a Reply