यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, २६ पुस । हरेक राजनीतिक दलको उद्देश्य हुन्छ । राजनीतिक दलको एक न एक वर्ग आधार, राजनीतिक दर्शन, विचार एवं सैद्धान्तिक आधार हुने हुँदा त्यही आधार पूरा गर्न दलका नेता तथा कार्यकर्ता लागेका हुन्छन् । नेपाली समाजमा समाजवाद स्थापनाको निम्ति मजदुर र किसानलाई राजनीतिकरूपले एकगठ गर्ने उद्देश्य कम्युनिस्ट पार्टीको हुन्छ । तर, नेपालका शासक दलहरू दलको सिद्धान्त र विचार छोडेर सत्ता स्वार्थमा केन्द्रित हुन थालेका छन् । यसरी सिद्धान्त, विचार र आदर्श छोडेर उनीहरू समाजमा आर्थिक, सामाजिक एवं सांस्कृतिक अराजकता बढाउने काममा जुटेका छन् । नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि नै निश्चित मार्गनिर्देशक सिद्धान्तको आधारमा देश र जनताको सेवामा जुटेको छ या नेमकिपाका नेता तथा कार्यकर्ताहरू जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापनाको निम्ति समाजवादी प्रचार अभियानमा छन् ।
सङ्गठित र सचेत जनताको सङ्घर्षविना परिवर्तन सम्भव छैन । त्यही कारण नेमकिपाका नेता तथा कार्यकर्ताहरू विभिन्न जातजाति, भाषाभाषी, दुर्गम र सीमान्तकृत शोषितपीडित जनतालाई सचेत र सङ्गठित गर्ने काममा क्रियाशील छन् । जनतालाई सचेत पार्न नै नेमकिपा र नेमकिपाका जनवर्गीय सङ्गठनहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सचेत पार्ने विभिन्न पुस्तकहरू प्रकाशन गरिरहेका छन् ।
नेमकिपाको सैद्धान्तिक आधार माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा हो । यो मार्गनिर्देशक सिद्धान्तलाई पार्टीले देशको वस्तुगत परिस्थितिअनुसार लागु गर्नेछ । पार्टीले सर्वहारा अन्तर्राष्ट्रवादी भावना बोकेर विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा सङ्घर्ष गर्नेछ, गरिरहेको छ । साम्राज्यवादी अमेरिकाको सहयोगमा फासीवादी इजरायलले प्यालेस्टिनी जनतामाथि गरिरहेको बर्बर आक्रमण गरी सहर र बस्ती ध्वस्त पार्ने र जातीय सफाया गर्ने कार्यक्रमको नेमकिपाले निन्दा ग¥यो, विरोध प्रदर्शन र सभा गरी जनतालाई सुसूचित गर्ने र प्यालेस्टिनी जनताको आन्दोलनमा समर्थन र ऐक्यबद्धता जनाउने काम ग¥यो । यसरी नेमकिपाले आफ्नो अन्तर्राष्ट्रिय दायित्व निर्वाह ग¥यो । तर, देशका अन्य कम्युनिस्ट पार्टीहरूले प्यालेस्टिनको बस्ती ध्वस्त पार्दै गरिएको नरसंहारको विरोध गरेनन् ।
नेमकिपा कहिले पनि सत्ता स्वार्थमा लागेन । देश र जनताको सेवा गर्ने लक्ष्य बोकी नेमकिपाले देशको सार्वभौमिकता, भूअखण्डता र स्वाधीनताको निम्ति सङ्घर्ष गरिरह्यो । नेमकिपाले देशको नदीनाला जोगाउन, नेपाली भूमि जोगाउन, नेपाली भूमि डुबानमा पार्ने नेपाल–भारत सीमामा अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत भारतले एकतर्फीरूपमा बनाएका बाँध तथा तटबन्ध भत्काउनुपर्ने माग राखी जिल्ला–जिल्लामा आन्दोलन ग¥यो, आन्दोलनलाई निरन्तरता दिइरह्यो । अरू कम्युनिस्ट पार्टी र ठुला दलका नेताहरू सत्ता स्वार्थमा अल्झिरहँदा, भागबन्डामा तँछाडमछाड गरिरहेको बेला नेमकिपाले देश र जनताप्रति जिम्मेवार भएर देश जोगाउन र देश बनाउन लागिरहे । नेमकिपाले सामन्तवाद र पुँजीवादको मात्र होइन विस्तारवाद, साम्राज्यवाद, बडाराष्ट्र अहङ्करवाद र अन्धराष्ट्रवादको विरोध ग¥यो; वामपन्थी र दक्षिणपन्थी अवसरवाद, संशोधनवाद, फासीवाद, सङ्कीर्णतावाद र क्षेत्रीयतावाद आदिको विरोध गरिरह्यो । नेमकिपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा तोडमोड गर्ने, बङ्ग्याउने, उत्ताउला विचार फलाक्ने प्रवृत्तिको निन्दा गर्दै जनतालाई सचेत पार्ने काम गर्दै छन् ।
कम्युनिस्ट पार्टीको बखान गरेर कम्युनिस्ट पार्टीकै सिद्धान्त र विचार उल्लङ्घन गर्ने या बाटो छोड्ने दलका नेता, मन्त्री, सांसदहरूको षड्यन्त्र, झूटको खेती, जालसाजी र वर्गशत्रु खुसी पार्ने कामको पनि नेमकिपाले विरोध गरिरहेको छ । समाजमा व्याप्त रूढीवाद, अन्धविश्वास र सङ्कीर्ण विचारको विरोध गर्दै पार्टीका नेता, कार्यकर्ताले जनतालाई शिष्ट व्यवहार गर्न र सादा जीवन बिताउन सचेत पार्ने काम गरिरहेको छ । यसरी देश र जनताको पक्षमा इमानदारीपूर्वक काम गरिरहेकै कारण नेमकिपा देशको निम्ति एक उदाहरणीय या नमुना कम्युनिस्ट पार्टी बनेको छ । यो उदाहरणीय कार्यलाई राजनीतिक विश्लेषकहरू नेमकिपालाई प्रकाशस्तम्भको रूपमा टिप्पणी गर्छन् । हालको पुँजीवादी व्यवस्था बदलेर समाजवादी व्यवस्था स्थापना गर्न नेमकिपाले आफ्नो सङ्घर्षमा समाजवादी प्रचार अभियान चालु राखेको छ ।
Leave a Reply