भर्खरै :

भक्तपुर नपाको पन्ध्रौँ नगरसभा चालु

भक्तपुर नपाको पन्ध्रौँ नगरसभा चालु

भक्तपुर, २६ पुस । भक्तपुर नगरपालिकाका प्रमुख एवम् पन्ध्रौँ नगरसभाका सभाध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार नगरसभाको बैठक बस्यो ।
नगरसभाको उक्त बैठकबाट भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ २०६५ र ख्वप कलेज अफ ल २०८० को विनियम संशोधन सर्वसम्मतिबाट पारित भयो ।
सभामा नगर प्रमुख प्रजापतिले नेपाल सरकारको स्वीकृतिबिना भारतले नेपालको कुनै पनि क्षेत्रमा रु. २० करोडसम्म सोभैm खर्च गर्न पाउने सम्झौता गरी देशको सार्वभौमिकतामाथि गम्भीर असर पर्ने खतरा निम्तिएको बताउनुभयो ।
उहाँले कुनै पनि स्वतन्त्र र सार्वभौम देशमाथि विदेशीले स्वतन्त्ररूपमा लगानी गर्नु सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताउँदै सचेत नागरिकले यसको विरोध गर्नुपर्ने बताउनुभयो ।
सूर्यबहादुर थापाको पालामा रु. ३ करोडबाट सुरु भएको त्यो रकम बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला रु. ५ करोड पु¥याइएको बताउँदै उहाँले भारतको चर्को दबाबपछि मङ्सिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु. २० करोडसम्म पु¥याउने निर्णय गरेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो देश नाममा स्वतन्त्र र सार्वभौम देश भए पनि अप्रत्यक्षरूपमा नेपाल भारतको उपनिवेश बन्दै गइरहेको छ ।”
सभाको विशेष समयमा सभासद्हरू मन्जु लाखा, सुमित्रा बोहजू, जितेन्द्र मुनंकर्मी, पुरुषोत्तम तमखू, श्यामसुन्दर मातां, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, इन्द्रबहादुर प्याठ, कृष्णनारायण दुमरु र गोविन्द दुवालले बोल्नुभएको थियो । सभामा उहाँहरूले इजरायलले प्यालेष्टाइनमाथि गरिरहेको नरसंहारको विरोध र भत्र्सना गर्दै न्यायप्रेमी जनताले प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउनु नागरिकहरूको अन्तर्राष्ट्रिय कर्तव्य भएको बताउनुभयो । उहाँहरूले नगरको समग्र समस्या र चुनौतीबारे पनि आ–आफ्नो धारणा राख्नुभयो । नगरसभाको अर्को बैठक पुस २९ गते दिनको १ बजे बस्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *