जेलेन्स्कीको ‘विजय योजना’ र यसको वास्तविकता
- आश्विन १८, २०८१
भक्तपुर, ५ माघ । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा माघ २ गते दत्तात्रयमा भएको भूकम्प सुरक्षासम्बन्धी जनचेतनामूलक शैक्षिक प्रदर्शनीमा उत्कृष्ट भएका मोडेलहरूको पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सरकारले भूकम्पीय जोखिम कम हुने संरचना निर्माण प्रविधिबारे डकर्मी र सिकर्मीलाई तालिम दिनु जरुरी रहेको आवश्यकता औँल्याउँदै भन्नुभयो, “स्थानीय तहले तालिम प्राप्त डकर्मी–सिकर्मीलाई मात्र संरचना निर्माण गर्न पाउने व्यवस्था गर्नुपर्छ ।”
सरकारले गुणस्तरीय निर्माण सामग्री डन्डी, सिमेन्ट, कङ्क्रिट, र्इँटा, काठ सस्तोमा उपलब्ध गराउनु जरुरी छ, उहाँले भन्नुभयो ।
सरकारले नै भूकम्पीय क्षति न्यून हुने प्रविधिसहितको घर जनतालाई बनाइदिनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले समाजवादी व्यवस्था भएको सरकारले जनताको घर निर्माणसम्बन्धी पूर्व जिम्मेवारी लिने तर नेपालजस्तै पुँजीवादी सरकारले यस्तो जिम्मेवारी लिँदैन भन्नुभयो ।
भक्तपुर नगरपालिकाले देशभरिका नयाँ पुस्तालाई उच्च शिक्षा प्रदान गर्न ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ सञ्चालन गरेको हो । अहिले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नगरपालिकाको तयारी हो, उहाँले भन्नुभयो ।
सरकारले नेपाल खानेपानी संस्थानलाई संरचना निर्माण गर्न विराटनगर–५ स्थित जग्गा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १३ को करेखोलामा पशु वधशाला स्थापना गर्न, बर्दीवासमा मेडिकल कलेजको लागि बर्दीवास नगरपालिका –४ स्थित ५५,५८४ हेक्टर जग्गा उपलब्ध गराउने निर्णय ग¥यो । भक्तपुरका जनताको नपलीस्थित तत्कालीन राजा वीरेन्द्रले सस्तोमा किनेको र हाल नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि उपलब्ध गराउन भक्तपुर नगरपालिकालाई उपलब्ध गराउन माग भएको १६ वर्ष भयो । तर, सरकारले वास्ता गरेन । प्रमहरूले ख्वप विश्वविद्यालयको विधेयक पनि पारित गरेनन् । प्रम भएकाहरूलाई हामी पुनः अनुरोध गर्न चाहन्छौँ, पक्षपात नगर्नु होला, सांसद सुवालले भन्नुभयो ।
कार्यक्रमका सभापति, भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षति पुगेका भक्तपुुरका सम्पदाहरूको पुनःनिर्माणको लागि आन्तरिक स्रोतबाट सम्पूर्ण सम्पदाहरूको पुनःनिर्माण गरेको बताउनुभयो । भक्तपुरको सम्पदा पुनःनिर्माण गर्न जर्मन सरकारले ससर्त उपलब्ध गराउने १० मिलियन युरो सहयोग नलिई आफ्नै स्रोतमा पुनःनिर्माण गरेको चर्चा गर्दै उहाँले अरुको भरमा नभई आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर भई काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले ढलान गरेको घरमात्रै बलियो हुने धारणा गलत रहेको बताउँदै मौलिक प्रविधिमा निर्माण भएका घरहरू झनै बलियो र भूकम्प प्रतिरोधी हुने बताउनुभयो । जाजरकोटको पुनःनिर्माणका प्राविधिकहरू भक्तपुरको पुनःनिर्माणबारे स्थलगत भ्रमणमा आएको बताउँदै उहाँले भवन निर्माणसम्बन्धी मापदण्डमा दक्ष आर्किटेक्ट इन्जिनियरहरूले उपयुक्त सुझाव दिनुपर्ने बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक, ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले पनि भूकम्प सुरक्षासम्बन्धी विभिन्न उपायहरूबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा खानी तथा भूगर्भ विभागका ई. चिन्तन तिमसिनाले Seismicity and Seismo Tectonics of Nepal Himalaya, Implication for Jajarkot Earthquake विषयमा र ई. जगदीशमान श्रेष्ठले Role of Quality Construction in Earthquake Resistance Structures विषयमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा माघ २ गते दत्तात्रयमा भएको भूकम्प सुरक्षासम्बन्धी जनचेतनामूलक शैक्षिक प्रदर्शनीमा उत्कृष्ट भएका मोडेलहरू एवं पेपर ब्रिज प्रतियोगिताका विजयीहरूलाई भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभयो ।
Leave a Reply