भर्खरै :

पार्टीको विचार जनतामाझ पु¥याउनु असल कार्यकर्ताको कर्तव्य

पार्टीको विचार जनतामाझ पु¥याउनु असल कार्यकर्ताको कर्तव्य

भक्तपुर, ५ माघ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा बिहीबार कार्यकर्तामाझ नेपाल मजदुर किसान पार्टीको ३५ औँ केन्द्रीय परिषद्को सन्देश कार्यक्रम भनपा ९ मा भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले पुँजीवादी सरकारले देश र जनताको हितविपरीत विदेशी दलाल र भारतीय एकाधिकार पुँजीको पक्षमा कार्य गरिरहेको हुँदा नेपाली जनताले दुःख पाइरहेको बताउनुभयो ।
उहाँले कार्यकर्ताहरूलाई निर्देशन दिँदै भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको केन्द्रीय परिषद्ले गरेको निर्णय, प्रस्ताव र प्रतिवेदनअनुसार कार्य गर्न जनतासामु सन्देश पु¥याउनुपर्दछ ।” नेमकिपाको ५० औँ पार्टी स्थापना दिवसमा विभिन्न प्रशिक्षणात्मक कार्यक्रम गरी जनतालाई सचेत गर्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले सामाजिक परिवर्तन वा समाजवादी क्रान्तिको लागि अनुशासित, बफादार र कर्तव्यनिष्ठ भएर कार्य गर्नु जरुरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “खोटा विचारको खण्डन, नेपाल–भारत सम्बन्ध र भारत, विश्व प्रसिद्ध मजदुर आन्दोलनहरू तथा समाजवाद र सान्दर्भिक विषयवस्तुलगायतका पुस्तक अध्ययन गरी व्यापक जनतालाई शिक्षित गर्नु आवश्यक छ । कम्युनिस्ट पार्टीको घोषणापत्र अध्ययन गरी कम्युनिस्ट सिद्धान्तबारे कामदार जनतालाई शिक्षित गर्नु आवश्यक छ ।”
“पार्टीको विचार जनतामाझ पु¥याउने प्रत्येक असल कार्यकर्ताको कर्तव्य हो, जनताको सेवामा लाग्नु आवश्यक छ । राम्रो काम गरे नगरेको जनताले दूरबिनसरि हेरिरहेका हुन्छन्,” सचिव सुवालले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य रजनी जोशीले भन्नुभयो, “व्यापक कामदार जनताको सेवाको लागि बढीभन्दा बढी पूर्णकालीन कार्यकर्ता बनेर पार्टीको काममा लाग्नु जरुरी छ, पार्टीसँग जीवित सम्पर्कमा रहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सुसूचित हुनुपर्छ । आफ्नो व्यक्तिगत जीवनबारे पनि पार्टीमा जानकारी दिनुपर्छ, पार्टीभित्र प्रतिक्रियावादीहरू घुस्न सक्नेबारे सचेत हुनुपर्छ ।”
नेमकिपा भक्तपुर नगर समितका पुरुषोत्तम तमखुले नेपाल–भारतबिचको खुला सीमा बन्द गरी नियमन गर्नुपर्ने, ख्वप विश्वविद्यालयको विधेयक अविलम्ब पारित गर्नुपर्ने, विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने, युवालाई स्वदेशमा रोजगारी दिनुपर्ने, वैदेशिक रोजगारको नाममा ठगी गर्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्नुपर्ने, सहकारीको नाममा जनताको अरबौँ रूपैयाँ बचत ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका एनबीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित जनताको पुनस्र्थापन तत्काल गर्नुपर्नेमा जोड दिँदै सरकारले समयमै चासो नराख्दा चिसो, भोक र रोगले थप जनताको ज्यान गइरहेको छ भन्नुभयो । सरकार नेपाली जनतालाई भन्दा विदेशी मालिकहरूलाई रिझाउनमा लागेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा अनिता श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *