लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
भक्तपुर, ५ माघ । प्रगति पुस्तकालयको आयोजनामा दुईहप्ते नेपाली र अङ्ग्रेजी हस्तलेखन तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वडा न. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले सामाजिक भावनाको विकास जागृत हुने खालको सामाजिक गतिविधि गर्नुपर्ने र नयाँ पुस्तालाई समाजमा घुलमिल गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले पठन संस्कृतिको विकास गर्नुपर्ने र प्रभावकारी ढङ्गले हस्तलेखन लेख्नुपर्ने बताउनुभयो ।
पुस्तकालयका अध्यक्ष रवीन्द्रप्रसाद कुसीले अभिभावकले छोराछोरीप्रति समय दिनुपर्ने र नयाँ पुस्तालाई विकृतिबाट टाढा राख्नुपर्ने बताउनुभयो । प्रशिक्षक सुरज दिदियाले लगनशील र धैर्यशील भएर हस्तलेखन गर्नुपर्ने र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
हस्तलेखन तालिममा १६ जना प्रशिक्षार्थीहरूको सहभागिता थियो । कार्यक्रममा पुस्तकालयका सचिव श्रीराम कासिछ्वाले पनि बोल्नुभएको थियो ।
Leave a Reply