भर्खरै :

एडभान्स सिलाइ तालिम समापन तथा प्रमाणपत्र वितरण

एडभान्स सिलाइ तालिम समापन तथा प्रमाणपत्र वितरण

भक्तपुर, ५ माघ । भक्तपुर नगरपालिकाको आयोजनामा एडभान्स सिलाइ तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेका कुराहरू व्यवहारिकरूपमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिमा कुनै न कुनै सीप भएमा स्वाभिमानी भएर बाँच्न सकिने र प्रविधिसँग नजिक हुनुपर्ने कुरामा जोड दिनुभयो ।
वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले रोजगारको अवसर पाउन तालिमको आवश्यकता हुन्छ भन्नुभयो ।
वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले व्यक्तिगत घटना दर्ता समयमै गर्नुपर्ने र तालिम अवधिमा सिकेको कुरा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैँया सुवालले सीप भएमा रोजगार सहजै प्राप्त गर्न सकिने र बेरोजगारी समस्या समाधान हुने बताउनुभयो । उहाँले समाज परिवर्तनको लागि समाजमा कानुनी शिक्षा दिनुपर्ने बताउनुभयो ।
तालिममा प्रशिक्षक कमला शाक्य, प्रशिक्षार्थी निर्मला ख्याजु र वडा सदस्य विष्णुकेशरी दुवाल र वडा सदस्य सुमित्रा बोहजुले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *