क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सियोल, ५ माघ (एएफपी) । प्रजग कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।
संयुक्त अभ्यासले प्रजग कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्माणाधीन आफ्नो पानीमुनिको आणविक हतियार प्रणाली ‘हेल–५–२३’ को महत्वपूर्ण परीक्षण गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
गत वर्षको सुरूमा प्योङयाङले ‘रेडियोधर्मी सुनामी’ निम्त्याउन सक्ने दाबी गर्दै पानीमुनि आणविक हमला गर्ने कैयौँ ड्रोनको परीक्षण गरेको बताएको थियो ।
यसै साताको सुरूमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले दक्षिणी जेजु टापुको जलक्षेत्रमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए ।
उक्त अभ्यासमा विमानवाहक युद्धपोत ‘युएसएस कार्ल भिन्सन’सहित तीन देशका नौ युद्धपोत सहभागी थिए ।
प्योङयाङको रक्षा मन्त्रालयका प्रवक्ताले शुक्रबार भन्नुभयो, “यो सैन्य अभ्यासले क्षेत्रीय स्थितिलाई थप अस्थिर बनाउने काम गरेको छ र यो प्रजग कोरियाको सुरक्षालाई गम्भीर खतरामा पार्ने कार्य हो ।”
प्रजग कोरियाले गरेको परीक्षणले ‘हाम्रो सेनाको पानीमुनि हान्नसक्ने आणविक हतियारमा आधारित प्रतिकारात्मक अवस्थालाई थप नजिक ल्याएको छ र यसले संरा अमेरिका र उसका सहयोगीहरूको शत्रुतापूर्ण सैन्य युद्धाभ्यासलाई रोक्ने कायलार्ई जारी राख्नेछ,” प्रवक्ताले भने ।
हालैका महिनाहरूमा दुई कोरियाबीचको लामो समयदेखि तनावपूर्ण रहँदै आएको सम्बन्धमा तीव्र गिरावट आएको छ, दुवै पक्षले तनाव कम गर्ने प्रमुख सम्झौताहरू खारेज गरेका छन्, सीमा सुरक्षालाई बढावा दिएका छन् र सीमामा प्रत्यक्ष आक्रमणका अभ्यासहरू सञ्चालन गरेका छन् ।
प्रजग कोरियाली सर्वोच्च नेता किम जोङ उनले गत साता वर्तमान दक्षिण कोरियाली सरकारलाई आफ्नो देशको ‘प्रमुख शत्रु’ घोषणा गर्नुभएको थियो भने पुनर्मिलन र पहुँचका लागि काम गर्ने निकायहरूलाई निष्क्रिय भएको घोषणा गर्नुभएको थियो ।
Leave a Reply