भर्खरै :

मोनरो सिद्धान्तः दोषी साम्राज्यवादको दुई शताब्दी

मोनरो सिद्धान्तः दोषी साम्राज्यवादको दुई शताब्दी

सन् १८२३ मा यसको स्थापना भएदेखि नै मोनरो सिद्धान्त ल्याटिन अमेरिकातर्फ संयुक्त राज्य अमेरिकाको विदेश नीतिलाई मार्गदर्शन गर्ने वैचारिक आधार भएको छ । यसको आन्तरिक प्रकृतिले यस क्षेत्रमा अमेरिकी विस्तार र प्रभुत्वको साधनको रूपमा काम गरेको छ ।
संयुक्त राज्य अमेरिकाको स्वतन्त्रताको प्रारम्भिक वर्षदेखि, मोनरो सिद्धान्त एक मार्गदर्शक सिद्धान्तको रूपमा देखा प¥यो । अङ्ग्रेज राजतन्त्रविरुद्धको युद्धपछि उत्तर अमेरिकी देशले विस्तारवादी दृष्टिकोण अपनायो । सुरुमा क्यानाडामा हस्तक्षेप ग¥यो र पछि ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रमा आफ्नो प्रभाव विस्तार ग¥यो ।
यही बिन्दुबाट सबै ल्याटिन अमेरिकाको शोषण कायम राख्नको लागि हस्तक्षेप, सैन्य विद्रोह र राजनीतिक हत्याको अन्तहीन श्रृङ्खला सुरु हुन्छ ।
मोनरो सिद्धान्त मूलतः राज्य डकैती नीतिको औपचारिक अभिव्यक्ति हो । यो सिद्धान्त अरू देशको सम्पत्तिको अपशोषण गर्न र तिनलाई प्राप्त गर्न रगत बगाउन आवश्यक भए पनि कुनै अप्ठ्यारो मान्दैन । यी दुई शताब्दीमा, अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गर्दै र यस क्षेत्रमा अमेरिकी सर्वोच्चता सुनिश्चित गर्ने नियतले साम्राज्यवादी रणनीतिहरूको एक श्रृङ्खला जारी गर्दैै यो सिद्धान्त ल्याटिन अमेरिकाको स्वायत्त विकासको लागि निरन्तर बाधा बनेको छ ।
हालैका दशकहरूमा हामीले ल्याटिन अमेरिकी र विश्वव्यापी राजनीतिमा हस्तक्षेप गर्न संयुक्त राज्य अमेरिकाले प्रयोग गर्ने तरिकाहरूमा परिवर्तनहरू देखेका छौँ । ल्याटिन अमेरिकी देशहरूमा तानाशाह राज्य आतङ्कवादको उदयपछि राष्ट्रिय सुरक्षाको राज्य भनी वासिङटनले प्रचार गर्छ । वासिङगटनले पहिले लोकतन्त्र र सामाजिक कल्याणको वकालत गथ्र्याे, ल्याटिन अमेरिकामा प्रजातन्त्रीकरण र स्वायत्त विकासको कुनै पनि प्रयासलाई दबाउनको लागि एउटा उपकरण बन्यो ।
१९९० को दशकमा ‘रङ्गीन क्रान्ति’ मा सङ्क्रमणले मोनरो सिद्धान्तको प्रयोगमा नयाँ चरणलाई चिन्हित गर्यो । यी घटनाहरू वर्षौँ अघि चिलीमा साल्भाडोर एयेन्डेको मामला जस्तै अमेरिकी हितहरूसँग नमिल्ने सरकारहरू परिवर्तन गर्न सैन्य रणनीतिहरूसँग लोकप्रिय विद्रोहहरू संयोजन गर्दछ । यद्यपि परम्परागत सैन्य विद्रोहको तुलनामा कम ‘चमकदार’ भए पनि यी रङ्गीन क्रान्तिहरू स्वतन्त्र सरकारहरूलाई पराजित गर्न समानरूपमा प्रभावकारी साबित भएका छन् ।
ल्याटिन अमेरिकाको लागि मोनरो सिद्धान्तको खतराहरूको मूल्याङ्कन गर्दा यो स्पष्ट छ कि यसको ऐतिहासिक दृढताले यस क्षेत्रको प्रगति र स्वायत्त विकासलाई व्यवस्थितरूपमा बाधा पु¥याएको छ । तर, वैकल्पिक शक्तिका रूपमा चीन, रुस र अन्य मुलुकको उदयले नयाँ आशा जगाएको छ ।
उदाहरणको लागि, चीनले ल्याटिन अमेरिकाको लागि व्यापार र विकासको सन्दर्भमा फरक विकल्प प्रदान गरेको छ । त्यसले अमेरिकी उपनिवेशवादमा महादेशको ऐतिहासिक निर्भरताको विकल्प प्रदान गरेको छ  ।
संसारमा मोनरो सिद्धान्तको अप्रत्यक्ष प्रभावको सन्दर्भमा, यसले मुक्ति, यो विशेषगरी समाजवादका लागि रणनीतिक विकल्पहरूलाई कसरी दबाएको छ भनेर ध्यान दिनु महत्वपूर्ण छ । उदार लोकतन्त्र विचारधाराको विश्वव्यापी विस्तारले अन्य देशहरूमा अमेरिकी प्रभुत्वलाई वैधानिकता दिएको छ र प्रभावकारी वैचारिक नियन्त्रणमार्फत प्रतिरोधलाई कमजोर बनाएको छ । जनसमुदायको यो भ्रमीकरणले साम्राज्यवादी देशहरूको पक्षमा रहेको अन्तर्राष्ट्रिय व्यवस्थालाई स्वीकार गरी टेवा दिएको छ ।
अमेरिकी हस्तक्षेपवादी र विस्तारवादी उपकरणको भविष्यलाई हेर्दा, ल्याटिन अमेरिकामा सामाजिक लोकतान्त्रिक विकासको कुनै पनि प्रयासलाई नामेट गर्ने वासिङगटनको प्रयासको निरन्तरता आज पर्यन्त देखिन्छ । प्रतिरोध गर्ने मेक्सिको, निकारागुआ, भेनेजुयला र क्युवाजस्ता देशहरूबाहेक यस क्षेत्रमा वासिङगटनको नियन्त्रणको पुनःस्थापना भइरहेको देखिन्छ ।
मोनरो सिद्धान्तविरुद्धको सङ्घर्ष ल्याटिन अमेरिकामा व्यापक चेतना अभियानमा निर्भर रहेको छ, जसलाई चीन, रुस र वासिङगटन र यसका सहयोगीहरूको सामान्य एकपक्षीयतालाई चुनौती दिने विश्वव्यापी शक्तिका अन्य केन्द्रहरूसँगको बलियो सहयोगले समर्थन गर्दछ ।
सहयोगमा केन्द्रित अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने चीनको प्रस्ताव एकमात्र व्यवहारिक विकल्प हो । मोनरो सिद्धान्तको भविष्य यसको निरन्तरता वा विलुप्त हुनेमा निर्भर हुनेछ, साम्राज्यवाद र उदीयमान शक्तिहरूले प्रस्ताव गरेको खुलापनको नतिजामा निर्भर गर्दै यो सिद्धान्त पश्चिमी गोलाद्र्धमा सीमित छ वा विश्वव्यापी खतराको रूपमा आउनेछ भनेर भविष्यले पुष्टि गर्नेछ ।
निरन्तर विकसित यस संसारमा ल्याटिन अमेरिकाले मोनरो सिद्धान्तले लगाएको ऐतिहासिक सिक्रीहरूबाट आफ्नो स्वायत्त विकास र मुक्तिलाई प्रवद्र्धन गर्ने गठबन्धन र साझेदारीहरू खोज्ने र सुदृढीकरण गर्न आवश्यक छ । यस चुनौतीको सामनाका लागि यस क्षेत्रले मोनरो सिद्धान्तको छायाभन्दा पर हेर्न सक्नुपर्छ र एउटा भविष्यतर्फको बाटो खोज्नुपर्छ जहाँ आत्मनिर्णय र अन्तर्राष्ट्रिय सहयोग सदा साम्राज्यवादमाथि विजयी हुनेछ । ल्याटिन अमेरिकाले आत्म–निर्णय र अन्तर्राष्ट्रिय सहयोग प्रबल हुने भविष्यतर्फको बाटो बनाउनुपर्छ ।
– टलेसुर अङ्ग्रेजीबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *