स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
सरकारले सन्तुलित विकासको अभियान थालेर रोजीरोटीको व्यवस्था गरेको भए नेपाली युवाहरू विदेश जानु पर्दैनथ्यो; अरुको दासी बनेर या अरुको उठबसमा बसेर काम गर्नु पर्दैनथ्यो । सरकारले गाउँठाउँमा विकास नपु¥याउँदा, उद्योगधन्दा खोलेर जनताका आधारभूत आवश्यकता पूर्ति गर्ने काम नगर्दा देशमा रोजगारीको समस्या बढेको हो, रोजगारीको लागि बिदेसिन बाध्य भएको हो । कामको खोजीमा बिदेसिने युवाहरूको सङ्ख्या बढ्दो छ । म्यानपावर कम्पनीको प्रलोभनमा, साथी भाइको लहै लहैमा, आफ्नै विवेकमा विदेश गएका युवाहरू अहिले अलपत्रमा परेको सामाजिक सञ्जालमा आइरहेको छ; उनीहरूले जसरी भए पनि नेपाल फर्कने वातावरण मिलाउन सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गरिरहेका छन् । विदेशमा पुगेर भनेको काम नपाउनु, कामअनुसारको पारिश्रमिक नहुनु, गाली खाएर काम गर्नु, शारीरिक र मानसिक यातना आदि कारणले गर्दा बिदेसिएका युवाहरू बिचल्लीमा परेका छन्, दुःखको आँसु पिएर जीवन बिताउन बाध्य छन् ।
सरकारले आफ्नो श्रम, समय र सीप आफ्नो देशमा खर्चेर जीवन बिताउने वातावरण तयार गर्नुपथ्र्यो; नेपाल र नेपालीको सेवा गर्ने भावनाभन्दा विदेश जाने र विदेशमा जीवन बिताउने काममा सरकारले प्रेरणा दिनु हँुदैनथ्यो । हरेक नागरिकलाई आफ्नो जन्मभूमि प्यारो हुन्छ । जन्मभूमिलाई बिर्सनु नेपाल आमालाई लात मार्नु हो । नेपालीको श्रम, सीप र समय विदेशमा लगानी गरेपछि देश झन्झन् परनिर्भर बन्दै जाने । नेपालीले नेपाल र नेपालीको सेवा र विकास गर्ने हो, अन्य मुलुकको होइन । आर्थिक प्रलोभनमा फसेर बिदेसिएका युवाहरूको मृत्युको सङ्ख्या पनि बढिरहेको छ । कामको सिलसिलामा अन्ध अपाङ्ग या घाइते भएका, मानसिक सन्तुलन गुमेका र चिबबुझ्दो काम र कामअनुसारको ज्याला नपाएका युवाहरूको लेखाजोखा गरेर साध्य छैन तर, सरकारलाई बिदेसिएका युवाहरू कति मरे, हराए, घाइते भए या लामो समयदेखि थला परे कुनै मतलब छैन । सरकारलाई त जति युवाहरू बिदेसिए त्यति नै देशमा काम दिन नपर्ने भनी हाइसन्चो भएको ठान्छन् । सरकारको यही गलत मानसिकताले गर्दा न देश विकास भयो न त युवाहरूलाई रोजगारीको व्यवस्था गर्नसक्यो । चालु आर्थिक वर्षको पुससम्ममा वैदेशिक रोजगारीको क्रममा ५३९ जनाको मृत्यु भएको खबर प्रकाशमा आयो ।
रोजीरोटीको लागि घर खेत बन्धक राखेर, ऋण काढेर विदेश पसेका हजारौँ नेपाली युवाहरू काम नपाई अलपत्र परेका र कति बिचमै फर्केका छन् । आयआर्जनको निम्ति विदेश छिरेका युवाहरू काम नपाएर या कसैले धोका दिएर फर्कँदा कति ऋणमा डुबे, ऋणमा डुबेर जीवन जोहो गर्न समस्यामा परे । कतिले आत्महत्या गरे त कति मरे । कतिले आफ्नो घरमा पठाएको पैसा घर परिवारका सदस्य या आफ्नै पत्नीले दुरुपयोग गरे, कतिका आफ्नै पत्नी पैसा लिएर भागे त कति अरूसँगै बिहे गर्न पुगे ।
यसरी भविष्य जीवन सुनिश्चित गर्न कामको खोजीमा गएका युवाहरू बिचलित भए, घर झगडा भए, घर झगडा भएर परिवार नै बिछोड भए; बालबालिकाले दुःख पाए । यसकारण, हरेक नागरिकको जीवन सरकारले सुनिश्चित गर्ने वातावरण मिलाउनुपर्छ† काममामको व्यवस्था गर्नुपर्छ । सरकारले यो जिम्मेवारी पूरा गर्न सकेको छैन । अतः देश परनिर्भर भइरह्यो ।
Leave a Reply