भर्खरै :

पार्टी स्थापना दिवसमा सुर्खेतमा प्रशिक्षण

पार्टी स्थापना दिवसमा सुर्खेतमा प्रशिक्षण

सुर्खेत, ८ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा सोमबार सुर्खेतमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
नेमकिपा सुर्खेत जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारहरूको खण्डन गर्दै नेमकिपाको स्थापना भएको प्रस्ट पार्नुभयो ।
उहाँले नेमकिपाका अध्यक्ष रोहितले नेकपाको तत्कालीन नेतृत्वले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारामाथि धोका दिएपछि नेमकिपाको स्थापना भएको भन्दै नेमकिपाका संस्थापकहरूले निर्वाचनबाट समाजवाद स्थापना नहुने बरू सङ्घर्षलाई गाउँगाउँमा पु¥याउनुपर्ने विचार अघि सारेको बताउनुभयो ।
उहाँले माक्र्सको भनाइ उद्धृत गर्दै सशस्त्र क्रान्तिबाट राज्यसत्ता कब्जा गरेर सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुने विचारमा नेमकिपा अडिग रहेको बताउनुभयो ।
नेमकिपाका कार्यकर्ताहरूले कम्युनिस्ट नामधारी विभिन्न पार्टीहरूविरूद्ध सैद्धान्तिक सङ्घर्ष गरेको तथ्य राख्दै केन्द्रीय सदस्य गोसाईले सिद्धान्तको कारण नेमकिपाका कार्यकर्ताहरूले कहिल्यै झुक्नु नपरेको तर्क गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले नेमकिपाको स्थापनाको आधारको रूपमा रहेको रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन नामको पुस्तकबारे चर्चा गर्दै नेकपाको तत्कालीन नेतृत्व माक्र्सवादी सिद्धान्तबाट विचलन भएपछि नेमकिपाको स्थापना भएको धारणा राख्नुभयो ।
उहाँले किसान सङ्घर्ष एवम् वर्ग सङ्घर्ष नगर्ने नेतृत्वविरूद्ध नेमकिपाका अग्रजहरूले पार्टीभित्र लामो समयसम्म सङ्घर्ष गरेको भन्दै सिद्धान्तहीन एकता गलत भएको भनाइ राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव दिनेश खड्गीले नेमकिपाका अध्यक्ष रोहितले विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू नामको पुस्तक प्रकाशित गरेको भन्दै मजदुर आन्दोलनको विकास हुँदै समाजवादी क्रान्ति भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपा, सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले कार्यकर्ताको राजनीतिक तथा वर्गीय चेतना स्तर उठाउन कार्यक्रमकाृ आयोजना गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *