सन्दर्भ : सहकारी अध्यादेश २०८१ – सहकारी संस्था समाजवादी : बैङ्क तथा वित्तीय संस्था पुँजीवादी
- फाल्गुन २, २०८१
भक्तपुर, ९ माघ । माक्र्सवादी साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ पुस्तकबारे मङ्गलबार लिशा स्कूलमा पुस्तक अध्ययन गोष्ठी भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ लिशा इङ्गलिस सेकेन्डरी स्कूल एकाइ समितिको आयोजनामा भएको उक्त गोष्ठीमा नेक्रामहिला सङ्घ जिल्ला समिति भक्तपुरका प्रतिनिधि गंगा वैद्यले अध्ययनले राजनीतिक चेतनास्तर बढाउने बताउनुभयो ।
धर्मको नाउँमा अन्धविश्वासमा लागेर समाज पछि गर्ने चर्चा गर्दै उहाँले आजसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास भएको हुँदा वर्गसङ्घर्षले मात्र आमूल परिवर्तन गर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापतिले अध्ययनले व्यक्तित्व विकासमा टेवा पुग्ने विचार व्यक्त गर्दै समाजवादी व्यवस्था ल्याउन जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘मजदुर’ दैनिकका सम्पादक विष्णुगोपाल कुसीले विज्ञान र प्रविधिको यो युगमा पनि विज्ञान र प्रविधि गाउँ ठाउँ र बस्तीबस्तीमा नपुगेको कारण अझै कुरीति र अन्धविश्वासले ठाउँ पाइरहेको बताउनुभयो ।
समाज परिवर्तन गर्नको निम्ति शिक्षक शिक्षिकाहरूको महत्वपूर्ण देन हुने उल्लेख गर्दै उहाँले सबै नेपालीमा देशभक्ति भावना हुनु आवश्यक छ भन्नुभयो ।
लिशा इङ्गलिस स्कूलका प्रिन्सिपल लिशा प्रजापतिले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक अध्ययन गोष्ठी गरेको उल्लेख गर्दै पाठ्यपुस्तकबाहेक देशका समसामायिक विषयका पुस्तक पनि अध्ययन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णश्वरी दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा शिक्षक रोहित कुँवर, नारायणी श्रेष्ठ र अनिता प्रजापतिले समाज विकासको एक झलक अन्तर्गतका विषयबारे जानकारी दिनुभयो ।
कार्यक्रममा सङ्गीता कोजुले अध्ययन गोष्ठीको आवश्यकताबारे चर्चा गर्दै स्वागत गर्नुभयो ।
Leave a Reply