अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १३ माघ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपाल कम्युनिस्ट आन्दोलनमा देखिएका वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरोधमा नेमकिपाले सम्झौताहीन सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समितिको आयोजनामा चाँगुनारायण नपामा शनिबार भएको भेलामा उहाँले एमाले र माओवादीहरू पुँजीवादी सरकारमा गएर जनताका हितविपरीतका कामहरू गरेर कम्युनिस्टहरूकै बदनाम गरिरहेका छन् भन्नुभयो ।
शासक दलहरूले जनताको हितमा कुनै काम गर्न नसकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “किसानहरूको लागि चाहिने न रासायनिक मलको व्यवस्था गर्न सक्यो न मल कारखाना खोल्ने तयारी ग¥यो । दाल, चामल, तरकारीसमेत विदेश निर्भर बनाएर शासक दलहरूले देशलाई आर्थिकरूपमा टाट पल्टाउने अपराध गरे ।”
वर्षको लाखौँ युवाहरूलाई स्वीकृति दिएर रोजगारीको निम्ति र उच्च शिक्षाको निम्ति विदेश पठाउने सरकारले नागरिकता विधेयक पारित गरेर विदेशीलाई सजिलै नागरिकता दिने राष्ट्रघाती काम ग¥यो । नेमकिपाले सडक र सदनमा त्यसको निरन्तर विरोध गर्दै आएको छ, उहाँले भन्नुभयो ।
“समाजवादी व्यवस्थामा मात्र मजदुर र किसानहरूको हित हुने भएकोले तमाम पार्टी कार्यकर्ता र शुभचिन्तकहरूले पुँजीवादी व्यवस्थाविरुद्धको आन्दोलनमा निरन्तर लागिरहनुपर्छ । पार्टीका प्रकाशनहरू नियमित अध्ययन गरी आफूलाई वैचारिकरूपमा तयार गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्लाका अध्यक्ष गोविन्द दुवालले भक्तपुर जिल्लाको किसान आन्दोलनबारे जानकारी दिँदै नेमकिपाका अगुवाहरूको सामन्तवादविरोधी आन्दोलनको योगदान नै किसानहरूले मोहियानी हक प्राप्त गर्न सफल भएको बताउनुभयो ।
वाग्मती प्रदेश सांसद गीता काफ्लेले नेमकिपालाई समाप्त गर्न खोज्नेहरू आफैँ समाप्त भएको इतिहासबारे स्पष्ट पार्दै नेमकिपा विचार र सिद्धान्तको पार्टी भएको र यो पार्टीलाई कसैले चाहेर नष्ट गर्न सक्दैन भन्नुभयो ।
उहाँले राजनीति देश र जनताको सेवाको निम्ति हो र नेमकिपाले नागरिकता विधेयक, एमसीसीजस्ता देशघाती विधेयक र सम्झौताहरूको विरोधमा आन्दोलन गरी जनतालाई राजनीतिकरूपले सचेत गर्ने काम गर्दै आएको छ भन्नुभयो ।
किसान सङ्घका सचिव हरिराम सुवालले नेमकिपा स्थापनाका आधार र जनताको पक्षमा गर्दै आएको योगदानबारे चर्चा गर्नुभयो ।
Leave a Reply