अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
चितवन (रत्ननगर), १३ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा जिल्ला समिति, चितवनको आयोजनामा कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रम रत्ननगरको मोहनामा शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले देशलाई सिक्किमीकरणको बाटोमा लानुमा प्रमुख दोषी माओवादी भएको स्पष्ट पार्नुभयो ।
देश र जनताको पक्षमा पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा गरेका आन्दोलन र सङ्घर्ष खेर नजाने बताउँदै उहाँले देश र जनताको लागि नेमकिपाले सङ्घर्ष गरिरहने बताउनुभयो ।
उहाँले जनतामाझ निरन्तर सक्रिय रहेर सिक्ने र सिकाउने कार्यकर्तामात्र ज्ञान, गुण र व्यवहारले सुसूचित हुने र लामो समयसम्म देश र जनताको सेवा गर्न सक्ने बताउनुभयो ।
कार्यकर्ताहरू सैद्धान्तिक र वैचारिकरूपमा सफल र सबल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पैसा, सामान, जागीर बाँडेर र भोज खुवाएर जनता राजनैतिक र वैचारिकरूपमा सुसूचित, सचेत र सङ्गठित नहुने भएकोले नेमकिपाले वैचारिक शिक्षा दिंदै आइरहेको उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सचिव सुलोचना छ्वाजुले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपा स्थापनाकालदेखि नै प्रकाशस्तम्भको रूपमा उभिएको स्पष्ट पार्नुभयो ।
नेमकिपा चितवन जिल्ला समितिका अध्यक्ष हरिप्रसाद दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्राशिसङ्घका चन्द्रबहादुर थुयाजु, नेमकिपा रत्ननगरका विष्णु शर्मा, नेमकिपा भरतपुरका मोहन चेपाङ, नेक्रामजदुरसङ्घका राजकुमार श्रेष्ठ, नेक्राकिसङ्घका पदम मगर, नेक्रामहिलासङ्घका लक्ष्मी चेपाङ, नेक्राविसङ्घका अर्जुन चेपाङ, नेक्रायुसङ्घका ज्ञानेन्द्र चेपाङ र महिला सुमित्रा महतोलगायतले बोल्नुभएको थियो ।
Leave a Reply