नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)
सांस्कृतिक क्षेत्रमा
उद्योग र कृषिको दु्रल सफलताले गर्दा जनताको जीवनस्तर धेरै उँचो उठेको छ । यसले गर्दा सांस्कृतिक क्षेत्रमा पनि राम्रो असर पर्ने नै भयो ।
शाङ्घाईमा ३१ उच्च शिक्षालयहरूमा ५६ हजार विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्दै छन् । सबै कलेजमा स–साना कारखानाहरू चलाएका छन् जसको उत्पादन १९५८ मा भन्दा १९५९ मा १.७ गुणा बढी छ ।
शाङ्घाईमा जम्मा ७०० सेकेन्डरी स्कूलहरू छन्, जहाँ ४ लाख ४० हजार विद्यार्थीहरू पढ्छन् । १९४९ मा भन्दा विद्यार्थीहरूको सङ्ख्या १९६० मा ३.७ गुणाले बढी छ । साथै ५६०० प्राइमरी स्कूलहरू छन् जहाँ १६ लाख २० हजार विद्यार्थीहरू पढ्छन् । यो सङ्ख्या १९४९ को भन्दा ४ गुणाले बढी छ । यी माथिका उच्च्च शिक्षालय, सेकेन्डरी र प्राइमरी स्कूलहरूबाहेक २१० कृषि मिडिल स्कूलहरू पनि छन्, जहाँ २ लाख ४० हजार विद्यार्थीहरू पढ्छन् । कृषि स्कूलहरू शाङ्घाईमा क्रान्तिभन्दा पहिले थिएनन् ।
शिक्षा नीतिको विषयमा छलफल गर्दै अध्यक्ष ऊ तुङ मिङले भने कि सरकारले लागु गरेदेखि शिक्षाको महत्व बढ्यो । पहिलेको शिक्षामा सिद्धान्त र व्यवहार एकै थिएन, तर अहिलेको शिक्षामा सिद्धान्त र व्यवहार सँगसँगै हिँड्छन्, जुन कुरो पढाइन्छ त्यहीअनुसार काम गराइन्छ, जसले गर्दा शिक्षामा चाख बढ्यो र शिक्षा व्यावहारिक पनि बन्यो । पहिले राजनैतिक अर्थशास्त्रका विद्यार्थीहरूले कारखाना या उद्योग कसरी चल्छ अथवा उत्पादन कसरी के कति हुन्छ भन्ने सैद्धान्तिक ज्ञानमात्रै हासिल गर्थे र कारखाना या उद्योगको व्यावहारिक ज्ञान तिनीहरूलाई हँुदैनथ्यो । तर, अहिलेको शिक्षा नीतिले गर्दा विद्यार्थीहरू कम्युन र कारखानामा काम गर्छन् र व्यावहारिक ज्ञानको साथसाथै तिनीहरूको राजनैतिक चेतना पनि बढ्न थालेको छ । सबै विद्यार्थीहरूले मजदुर र किसानहरूप्रति ध्यान दिन थालेका छन् र शारीरिक परिश्रममा भाग नलिने विद्यार्थीहरू पनि बिस्तारै परिश्रममा भाग लिन थालेका छन् । पहिले प्राविधिक विद्यार्थीहरू पनि हातमा मैलो लाग्ला भनेर कारखानामा काम गर्दैनथे तर नयाँ शिक्षा नीतिको महत्व बुझेर सैद्धान्तिक ज्ञानले भन्दा व्यावहारिक ज्ञानले अझ बढी सिक्न सकिन्छ भनेर तिनीहरूले किताबमा भन्दा कारखानामा मेहनत गर्न लागे, त्यसले गर्दा उनीहरूको शारीरिक र नैतिक शक्ति पनि बढेको छ ।
ऊ तुङ मिङले बेकारी समस्याको विषयमा छलफल गर्दै भने कि ‘लामो कुदाइ’ को आन्दोलनपछि १० लाख नयाँ बेकारीहरूले काम पाए, जसमा धेरैजसो महिलाहरू नै छन् । शाङ्घाईका मजदुरहरूको ज्याला १९५० देखि १९५९ सम्ममा २२०.७ प्रतिशत बढ्यो ।
सालाखाला एक मजदुरले ७५ युआन र ५७७ क्याटीज धान पाउँछ र बस्नलाई घर र लुगाको पनि राम्रो व्यवस्था छ । कारखानाको जम्मा आम्दानीको २० प्रतिशत निःशुल्क उपचार, मनोरञ्जन, सांस्कृतिक गतिविधिजस्तो कल्याणकारी काममा लगाइन्छ । १९५९ मा ५–६ वर्गमिटर नयाँ भवनहरूको निर्माण ग¥यो जसमा ७ लाख मजदुरहरू बस्छन् र १९६० को सुरुसम्ममा ८ लाख मजदुरहरूले कोठा पाइसकेका छन् । यसरी क्रान्तिपछि सरकारले सबभन्दा पहिले खाने, लाउने, बस्ने र अशिक्षा हटाउने कामको व्यवस्था ग¥यो ।
यी सफलताले गर्दा साम्राज्यवादीहरूलाई धेरै राम्रो पाठ सिकाएको छ । साम्राज्यवादीहरू उनीहरूबिना चीनले कुनै पनि काम गर्न सक्दैन भनेर फुई गर्थे । तर, सफलताहरू प्राप्त गरे, जसका निम्न कारणहरू छन् –
१) कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेको सरकार जसलाई जनताले उत्साहपूर्वक समर्थन गरेको छ ।
२) समाजवादी व्यवस्थामा मजदुरहरू आफ्नै लागि काम गरेको सम्झन्छन् । पुँजीवादी व्यवस्थामा मजदुरहरू पुँजीपतिहरूको लागि काम गर्छन् । यसकारण, मजदुरहरू समाजवादप्रति आस्था राखेर बढी मेहनत गर्छन् ।
३) चीनलाई समाजवादी र विश्वका सबै शान्तिप्रिय देशका जनताको समर्थन छ । शाङ्घाई विद्यार्थी फेडरेशनका अध्यक्षले आफ्नो शाङ्घाईको परिचय दिइसकेपछि हामीले प्रश्नहरू गर्न थाल्यौँ । हाम्रो प्रश्नको उत्तरमा उनले भने कि शाङ्घाई विद्यार्थी फेडरेसनमा ५६००० सदस्यहरू छन् । फेडरेसनका सदस्यहरूमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूमात्रै छन्, हाईस्कूलका विद्यार्थीहरू सदस्य छैनन् ।
धीराको प्रश्नको उत्तर दिँदै भने कि शाङ्घाईमा ४ मेडिकल कलेज छन् । जसमध्ये एक चिनियाँ मेडिकल कलेज र दोस्रो रेल्वे मेडिकल कलेज हो । ती कलेजहरूमा १५ हजार विद्यार्थीहरू पढ्छन् । अर्को प्रश्नको उत्तरमा भने कि शाङ्घाईमा १७८ कम्युन छन् र एक सामाजिक विज्ञान विभागबाट सञ्चालित हुन्छन् । कार्यक्रमको छलफलपछि बिदा लियौँ ।
जनभवन
१६ जुलाई बिहानको खानापछि जनभवन हेर्न गयौँ । शाङ्घाईमा हामीले डा.सन यातसेनको स्मृति गृह, शाङ्घाई पावर प्लान्ट, हुवाङ वैज्ञानिक कारखाना, मजदुरहरूको क्वाटरहरू, पूर्वी चीनको कपडा विद्यालय, माछाउ जन–कम्युन, ल्यु सुनको चिहान, बाल दरबार आदि बयान गर्न लायक स्थानहरू हेर्न गयौँ ।
जनभवन – शाङ्घाईको सबभन्दा उच्च भवन हो । यो २७–२८ तलाको छ । यो क्रान्तिभन्दा पहिले विदेशीहरूको मोजमज्जा वा मनोरञ्जन गर्ने क्लवजस्तै थियो । भवनको माथिल्लो कौसीबाट हेर्दा शाङ्घाईको सबै भाग देखिन्थ्यो । यस भवनबाट शाङ्घाईलाई हेर्दा शाङ्घाई एक चिम्नीहरूको सहरजस्तो लाग्दथ्यो । क्रान्तिको समयमा यस भवनमै सबै साम्राज्यवादी शत्रुहरू समातिएका थिए । क्रान्तिपछि यस भवनलाई चीनका सबै जातिको भवनको रूपमा परिणत गरियो । क्रान्तिभन्दा अधि यस भवनमा चिनियाँहरू पस्न पाइँदैनथ्यो । ब्रिटिश कन्सुलेट पनि यस भवनको नजिकै देखिन्छ । त्यहाँ पहिले ‘चिनियाँ कुकुरहरू भित्र पस्न मनाही’ भनेर लेखेको हुन्थ्यो । त्यसको एक फोटो पनि हामीलाई देखाइयो । त्यस चित्र अथवा क्रान्तिभन्दा पहिलेका त्यस्तो अपमानजनक सम्झनाले अहिले पनि चिनियाँ जनताको नसामा रगत उम्लन थालेको अनुहारले देखिन्थ्यो । करिब आधा घण्टा जति त्यही भवनमै बसेर अतीतका मर्मस्पर्शी र विदेशीहरूको अत्याचार, अन्याय र दमनको विषयमा कुरा सुनाइयो । तर, चिनियाँ जनताले वीरतापूर्वक आफ्नो देशलाई मुक्त गरे, जसमा शाङ्घाईका जनताको पनि समान र महत्वपूर्ण देन रहेछ । कुराकानीपछि भवनको यताउति हेर्यौँ । भवन सा¥है राम्रो र नयाँ ढङ्गको थियो ।
त्यसपछि हामी डा. सन यातसेनको घर हेर्न गयौँ । डा. सन यातसेन चिनियाँ प्रजातन्त्रका एक महान् नेता हुनुहुन्छ । चिनियाँ जनता उहाँको नाम सा¥है सम्मानपूर्वक लिन्छन् । उहाँको जन्म १२ नोभेम्बर १८६६ मा क्वाङटुङ प्रान्तको क्यान्टन नजिकै जुङशा काउन्टीको त्सेहङ गाउँमा भएको थियो । उहाँ किसान परिवारको कुलमा जन्मनुभएको थियो । उहाँले १८९२ मा २६ वर्षको उमेरमा डाक्टरी पास गर्नुभयो । त्यसपछि मकाऊ र क्यान्टनमा सेवा गर्नुभयो । उहाँ मेडिकल विषयका विद्यार्थी भएर पनि त्यसबेलाको राजनैतिक गुप्त सङ्गठनसँग उहाँको सम्बन्ध थियो । त्यसबेलाका राजनैतिक गुप्त सङ्गठनहरू मञ्चु वंशको शासनको विरोधमा सङ्गठन गर्थे र १९०५ मा जापानमा भएको चिनियाँ क्रान्तिकारी लीगको प्रथम अधिवेशनमा उहाँ लीगको अध्यक्ष चुनिनुभयो । १९११ को क्रान्तिमा २ हजार वर्ष पुरानो सामन्ती राजतन्त्र खतम भयो र १६ वर्षको वेश निकालापछि सनयातसेन फेरि आफ्नो देश फर्केर १९१२ को नव वर्षमा गणतन्त्र चीनको औपचारिकरूपमा राष्ट्रपतिको पदग्रहण गर्नुभयो । उहाँले त्यसैबेला एक अन्तरिम संविधानको पनि घोषणा गर्नुभयो । १९२४ जनवरीमा भएको कोमिङताङको पहिलो महाधिवेशनमा उहाँ रुससँग मैत्री, कम्युनिस्टहरूसँग सहयोग र किसान मजदुरहरूसँग मद्दत भन्ने जनताको तीन सिद्धान्तलाई लिएर अगाडि बढ्नुभयो । शान्ति र एकताको लागि १९२४ अक्टोबरमा उहाँ पेचिङ पुग्नुभयो । तर, दुर्भाग्यवश १९२५, १२ मार्चको दिन पेटको क्यान्सर रोगले गर्दा उहाँको लडाकु हृदय सदाको लागि बन्द भयो । उहाँ साम्राज्यवादविरोधी, सच्चा प्रजातन्त्रका प्रवर्तक र कम्युनिस्टहरूका सच्चा मित्र हुनुहुन्थ्यो । यसैकारणले उहाँलाई चिनियाँ जनताको राष्ट्रिय नेताको रूपमा आज पनि संसारले चिन्दछ ।
डा. सन यातसेनको निवासस्थानको बङ्गला आधुनिक ढङ्गको एक ठीक्कको भन्नुपर्छ । सानो, सिमेन्ट लगाएको घर र आकर्षक फूलबारीको हरियालीले निवासस्थान सा¥है शान्त देखिन्थ्यो । हामीले डा. सन यातसेनको अध्ययन कक्ष, आराम गर्ने कोठा बैठक र खाने ठाउँहरूसमेत हेर्यौँ । भनिन्थ्यो, ती सबै कोठाका फर्निचर र सजावट पहिले जस्तै दुरुस्त छ । उहाँको अध्ययन कक्ष त झण्डै एउटा पुस्तकालय नै भन्नुपर्छ । त्यहाँ हामीले उहाँ र उहाँको परिवारका पुराना फोटोहरू पनि देख्यौँ । यो निवासस्थान एक प्रकारले सङ्ग्रहालयजस्तै हुन लागेको छ । यसको सुन्दरता र सफाइमा अलिकति पनि आँच आउन दिएको देखिन्न । हामी यस भवनमा झण्डै आधा घण्टाभन्दा बढी बस्यौँ र उहाँको कोठाहरू डुल्दै उहाँका बारेमा जानकारी हासिल गर्दै गयौँ । कुराकानीपछि हामी हुवाङ वैज्ञानिक कारखानातिर लाग्यौँ ।
हुवाङ वैज्ञानिक कारखाना
कारखानाको अगाडि गएर मोटर अड्यो । हामीलाई कारखानाका डाइरेक्टर (निर्देशक) ले स्वागत गर्नुभयो । उहाँले आफ्नो कारखानाको परिचय दिनुभयो । एक हजार वर्गमिटर भएको यो कारखाना सन् १९५१ मा स्थापना भएको थियो । त्यसबेला यस कारखानामा १७ जना मजदुरहरूमात्रै काम गर्थे । तर, १९५८ को सामाजिक सुधार र लामो कुदाइपछि औद्योगिक विकास द्रुतगतिले बढ्यो र त्यसअनुसार मजदुरहरूको सङ्ख्या १७ बाट बढेर १५८ पुग्यो । ती मजदुरहरूको सङ्ख्यामा २÷३ (दुईतिहाइ) मजदुरहरू त आईमाई नै छन् । डाइरेक्टर साहेबले भन्नुभयो, “हाम्रो देश गरीब छ, गरीब देशलाई स्वतन्त्र बनाउन सैद्धान्तिक र व्यावहारिक तवरले सदा तयार रहनुपर्छ र अन्धविश्वासी हुनुहुन्न भन्ने अध्यक्ष माओको विचारलाई हृदयङ्गम गरेर पुँजीवादी देशहरूले हामीलाई चाहिने मालसामान दिदैनन् र दिए पनि चाँडै काममा नआउने मात्रै दिन्छन् । त्यसैले हामी आफैँ तयार र आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भनेर सबै कार्यकर्ताहरूले आफ्नो सारा शक्ति काममा लगाए ।” यति भनेर डाइरेक्टरज्यूले वाङ वीङ हको विषयमा भन्न थाल्नुभयो ।
वाङ वीङ ह चीनमा एक उदाहरणको रूपमा खडा भयो । उनले खालि मिडिल स्कूलको मात्रै शिक्षा प्राप्त गरेका छन् । तर, उनले विज्ञानसम्बन्धी एक नयाँ आविष्कार अथवा विकास गरेर देखाए । उनी यस कारखानाका एक मजदुर थिए । उनले अङ्ग्रेजी र जापानी भाषामात्रै जान्दथे । तर, उनले आफ्नो कार्यसिद्धिको लागि रुसी, जर्मन, अङ्ग्रेजी र जापानी गरेर चार भाषाको किताब अध्ययन गरे । उनीसँग किताब थिएनन्, सारा पुस्तकालयहरूमा दौडधुप गरेर उनले जम्मा ६३ वटा किताब अध्ययन गरे जसमा रुसी र जर्मनमा द्वेभाषीको खाँचोको अनुभव गरे । आखिर उनले रुसी किताबमा खोजेको कुरा प्राप्त गरे । उनी ३७० औँ पटकसम्म आफ्नो कार्यमा असफल भएपछि आखिर ३७१ औँ पटकमा उनी सफल भए । उनी असफल हुँदा असल, सस्तो र छिट्टै जनताको मागलाई पूरा गराउने कुरालाई ध्यान दिन बढी मेहनत गर्थे । उनको हरेक असफलतामा साम्राज्यवादीहरूसँग मुकाबिला गर्न र समाजवादको निर्माण र सफलताको लागि कोसिस गर्दै जाऊ सफलता प्राप्त हुन्छ भन्ने प्रेरणा र उत्साह कम्युनिस्ट पार्टीले दिँदै गयो । उनको सफलतापछि युवा कम्युनिस्ट लीगले सारा युवकयुवतीहरूलाई वाङ वीङ हबाट सिक्ने र उनलाई पछार्ने नारा अगाडि सा¥यो । त्यसले गर्दा फाङ इङजस्ता साधारण महिला मजदुरहरूले पनि लोग्नेमानिसहरूसँग प्रतियोगितामा भाग लिइन् । त्यस्तै थाङ हले पार्टीको पुस्तक पढिसकेपछि केही नयाँ कुरा बनाउने प्रतिज्ञा गरिन् । उनी क्रान्तिभन्दा पहिले बच्चा हेर्ने, भात पकाउने, लुगा धुने आदि काम मात्र गर्थिन् र सांस्कृतिक स्तर सा¥है तल्लो भएकोले उनको प्रतिज्ञा पूरा गर्न सा¥है कठिनाइको सामना गर्नुपरेको थियो । उनको बुबा जापानीहरूद्वारा मारिएका थिए र क्रान्तिपछि उनले यस कारखानामा काम पाइन् । उनले तीन वर्षभित्रै धेरै कुराहरू सिकिन् । १९५६ मा उनले यस कारखानामा काम सुरु गरेर पढ्न पनि सुरु गरिन् । १९५८ मा उनले राम्रो शिक्षा हासिल गरिन् । उनले अहिले आफ्नो शिक्षक वाङलाई पनि प्राविधिक विषयमा पछारिन् ।
उनले आफ्नो प्रतिज्ञा पूरा गर्न ३ हजार ७ सय पटकसम्म जोडतोडका साथ कोसिस गर्नुपर्यो । उनको भनाइअनुसार आफ्नो देशको लागि अरु देशका वीराङ्गनाहरूजस्तै बलिदान हुन पनि तयार हुनुपर्छ र चाउ र वाङजस्तै बहादुरीसाथ मर्न पनि तयार हुनुपर्छ । उनले ३ दिनभित्र एसिस्टिन ब्रीज (Asistin Bridge) बनाइन् ।
यस्तै उदाहरणले गर्दा सारा महिलाहरूले पनि प्रतियोगितामा भाग लिएर फ्रेबुअरीसम्ममा २५ प्रकारका माल बनाएर उत्पादनमा २८ गुणा वृद्धि गरे जो देशको इतिहासमा कहिल्यै भएको थिएन ।
डाइरेक्टरज्यूले हामीलाई धेरै प्राविधिक कुराहरू भन्नुभएको थियो, जो म सा¥है कम बुझ्थेँ । उहाँले भन्दै जानुभयो, एकले धेरैलाई र धेरैले एकलाई भन्ने आन्दोलन चल्दै गयो । जसको फलस्वरूप सेरिङ ब्रीज १५० किलोग्राम, सेरुइङ ब्रीज अर्को इन्ग्रुम २० किलोग्रामजस्तै १–१२ सम्म पु¥याए, समय र कच्चामाल बचे । अन्य कार्यमा काम लाग्ने, बचेको कच्चा माल अरु काममा पनि लगाउन हुने भयो । उत्पादनको वृद्धिमा धेरै सहायता भयो र ३–४ जना अरुले पनि सिकिसके ।
‘दुवै खुट्टाले हिँड्ने’ भन्ने कम्युनिस्ट पार्टीको नाराअनुसार नयाँ र पुरानो, सानो र ठुलो दुवै प्रकारको कारखानाबाट उत्पादन बढाउने आन्दोलनअनुसार उत्पादनमा निम्न हिसाबले बढ्यो । १९५८ को भन्दा १९५९ मा ४ गुणा उत्पादन बढ्यो । १९५९ को भन्दा १९६० मा ४.५ गुणा तर, १९६० को वर्षमा १३६.९ प्रतिशत बढाउने उद्देश्य थियो, जो पूरा पनि भइसकेको छ । ३ महिनाभित्रै १÷७ लक्ष्य पूरा ग¥र्यो जो ५३६.४ प्रतिशत थियो । यस हिसाबले उत्पादनमा १५९ प्रतिशत वृद्धि भयो ।
कुराकानीपछि हामी फेरि अर्कै कार्यक्रमको निम्ति बिदा लियाँै ।
Leave a Reply