के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, १६ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको बलियो जगले समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।
पारागन एकेडेमीको २१ औँ वार्षिक पुरस्कार वितरण समारोह, अभिभावक दिवस र सांस्कृतिक कार्यक्रममा उहाँले समाजलाई सभ्य र सुसंस्कृत बनाउन शैक्षिक संस्थाहरू अगाडि बढ्नुपर्छ भन्नुभयो ।
भक्तपुर नपाले शिक्षालाई जोड दिँदै विद्यालयकेन्द्रित प्रतियोगिता सञ्चालन गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुरको शिक्षा विकासमा सामुदायिक र निजी विद्यालयहरूको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थलको रूपमा विकास भइरहेको चर्चा गर्दै उहाँले विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान सँगसँगै दिनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपाले शैक्षिक क्षेत्रका गतिविधिमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई दिशानिर्देश गर्ने कार्यमा अभिभावक र शिक्षकहरू संवेदनशील भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
विद्यालयका प्रअ पुण्यराम कवांले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पारागन एकेडेमी नाफाभन्दा सेवालाई प्राथमिकता दिन समाजसेवीहरूको समूहबाट सञ्चालित विद्यालय भएको बताउनुभयो ।
उक्त कार्यक्रममा इसान भक्तपुरका अध्यक्ष कृष्णराम त्वानाबासु, आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसी, सानु अमात्य, अभिभावक प्रतिनिधि सुरेश नकर्मी, पूर्वविद्यार्थी जस्मिन गोरा, शिक्षक राजेन्द्र फोजु र विद्यार्थी एन्जेल खड्काले पनि बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा भएको सो कार्यक्रममा सांस्कृतिक विधा पनि देखाइएको थियो ।
वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
Leave a Reply