नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू – ५
- कार्तिक १६, २०८३
भक्तपुर, १६ माघ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा क्रान्तिकारी सङ्गठनका विभिन्न जनवर्गीय सङ्गठनहरूको भेलाबिच प्रवचन कार्यक्रम गरियो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी, भक्तपुर जिल्लाका उपाध्यक्ष न्हुछेभक्त फोजुले पार्टी स्थापनाका आधारहरू र किसान आन्दोलनबारे चर्चा गर्दै अवसरवाद, संशोधनवाद र सामाजिक साम्राज्यवादको विरोधमा नेमकिपा स्थापना भएको बताउनुभयो ।
मजदुरवर्गले श्रम ऐनको बारेमा राम्रोसँग जानकारी लिई राजनीतिक रूपले परिपक्क हुन राजनीतिक प्रशिक्षणहरू बरोबर गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको सो कार्यक्रममा मजदुर सङ्घका केन्द्रीय कोषाध्यक्ष विष्णुराम दुमरु, सिकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विक्रम ढुकुछु र मजदुर सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गणेशप्रसाद सुवाल, रमेश दुमरु र पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो ।
Leave a Reply