इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
पेइचिङ, ३० जनवरी । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले जनवरी ३१ तारिख सम्मेलनको आयोजना गर्दै विविध प्रतिवेदनमाथि लेखाजोखा गरेको छ । ती प्रतिवेदनमध्ये : केन्द्रीय समितिको राजनीतिक ब्युरोले राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समिति, राज्य परिषद्, जनराजनीतिक परामर्शदात्री सम्मेलन, सर्वोच्च जनअदालत र सर्वोच्च जनन्यायाधिवक्ताको पार्टी समूहको कार्य अवस्था र केन्द्रीय सचिवालयको कार्य प्रतिवेदनको सुनुवाइ र अनुसन्धान गर्ने संयुक्त प्रतिवेदन, सम्पूर्ण पार्टी परिधिमा सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई गहनरूपमा व्यवहारमा उतार्ने मुख्य शैक्षिक गतिविधिको समष्टिगत प्रतिवेदन, सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई गहन रूपमा व्यवहारमा उतार्ने र त्यसलाई सुदृढ पार्ने शैक्षिक प्रतिफलसम्बन्धी राय–सुझाव र चिनियाँ कम्युनिस्ट पार्टी जाँचबुझ र निगरानी कार्यकारी नियमलगायतका दस्तावेजहरू समावेश छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ ।
‘छ्यु श’ पत्रिकामा महासचिव सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित
फेब्रुअरी १ का दिन ‘छ्यु श’ पत्रिकाको तेस्रो अङ्कमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङको महत्वपूर्ण लेख प्रकाशित हुनेभएको छ । सो लेखको शीर्षक ‘चिनियाँ जातीय साझा समुदायको चेतनालाई सुदृढ गर्दै र नयाँ युगमा पार्टीको जातीय कार्यको उच्च गुणस्तरीय विकासको प्रवर्धन’ भन्ने रहेको छ ।
चिनियाँ जातीय साझा समुदायको चेतनालाई सुदृढ गर्ने र नयाँ युगमा पार्टीको जातीय कार्यको उच्च गुणस्तरीय विकासलाई प्रवर्धन गर्नु सम्पूर्ण पार्टी र देशका विभिन्न जातीय जनताको साझा कार्य हो ।
चीनद्वारा ह्वाङयान टापुमा फिलिपिन्सको अवैध घुसपैठबारे आफ्नो अडान व्यक्त
यसैबिच चीनको सामुद्रिक प्रहरी विभागका प्रवक्ता गान युले जनवरी २८ का दिन फिलिपिन्सका चार कर्मचारी अवैधरूपमा चीनको ह्वाङयान टापुमा प्रवेश गरेको बताउनुभयो । चिनियाँ सामुद्रिक प्रहरीले एक चेतावनी जारी गरेपछि ती अवैध व्यक्तिहरूलाई कानुनबमोजिम फिर्ता पठाइएको थियो ।
ह्वाङयान टापु र यसको छेउछाउको पानीमा चीनको निर्विवाद सार्वभौमसत्ता कायम छ । चिनियाँ सामुद्रिक प्रहरीले सधैँ चीनको अधिकार क्षेत्रअन्तर्गतको पानीमा अधिकार र कानुन लागु गर्ने, राष्ट्रिय सार्वभौमसत्ता र सामुद्रिक अधिकार तथा हितलाई दृढताका साथ सुरक्षा गर्नेछ ।
Leave a Reply