भर्खरै :

अक्टोबर क्रान्तिको स्मरण गर्दै यातायात मजदुरहरुले गरे रक्तदान

भक्तपुर, २ मंसिर । सन् १९१७ मा रुसमा भएको महान् अक्टोबर समाजवादी क्रान्तिको शत्वार्षिकी पूरा भएको अवसरमा शनिबार नेपाल क्रान्तिकारी यातायात मजदुर संघले रक्तदान कार्यक्रम ग¥यो ।
रक्तदान कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीकातर्फबाट प्रदेश सभा निर्वाचन भक्तपुर क्षेत्र नं १(ख) का उम्मेदवार सुरेन्द्रराज गोसाईले गर्नुभएको थियो । उम्मेदवार गोसाईले विश्वका सारा मजदुरहरुको अवस्था एउटै भएको हुँदा अक्टोबर क्रान्तिले सम्पूर्ण मजदुरहरुलाई एकताबद्ध भए जुनसुकै परिस्थितिमा पनि परिवर्तन छ भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले रुसी समाजवादी क्रान्तिका नेता लेनिनको सिद्धान्तअनुसार नै नेमकिपाले निर्वाचन र संसदको क्रान्तिकारी उपयोग गर्दै आएको बताउनुहुँदै किसान र मजदुरहरुलाई सचेत र संगठित गर्दै नेपालमा पनि अक्टोबर क्रान्तिको वातावरण तयार गर्दै जानुपर्ने बताउनुभयो ।
रक्तदानमा १० महिलासहित जम्मा ६५ जना सहभागीहरुले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *