भर्खरै :

प्रचण्ड पुत्र प्रकाशको निधन

काठमाडौँ, ३ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको हृदयघातका कारण आज बिहान निधन भएको छ । बिहान ४ बजे उहाँलाई अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको थियो ।
अस्पतालमा पु¥याइएलगत्तै केही बेरमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । तर यसको आधिकारिक पुष्टि गरेको छैन ।
उनको निधनको खबर फैलिएसँगै अस्पतालमा माओवादी कार्यकर्ता तथा पत्रकारको बाक्लो उपस्थिति रहेको छ । शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका दाहाललाई राति हृदयघात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *