भर्खरै :

शासकहरू विदेशी दलालबाट प्रभावित

शासकहरू विदेशी दलालबाट प्रभावित

ललितपुर, २९ माघ । नेपाल मजदुर किसान पार्टी ललितपुरको आयोजनामा शनिबार पार्टी स्थापना दिवस मनाइयो । उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले समाजवादी व्यवस्थामा योग्यताअनुसार काम, कामअनुसारको ज्याला, उत्पादनका मुख्य मुख्य साधन सामाजिकीकरण, शोषणविरुद्धको हक र कामदारवर्गको सरकार हुन्छ भन्नभुयो ।
नेपालको कम्युनिस्ट पार्टीभित्र देखिएको संशोधनवाद र अवसरवादको विरोधमा नेमकिपा स्थापना भएको उल्लेख गर्दै उहाँले नेपालका शासकहरू भारतीय एकाधिकार पुँजी र विदेशी दलालबाट प्रभावित भएको चर्चा गर्नुभयो ।
अमेरिकी सेनाको सहयोगमा इजरायलले प्यालिस्टिनमा जातीय नरसंहार गरी देशै लोप हुने गरी भइरहेको बर्बर आक्रमणको निन्दा संसारका न्यायपे्रमी जनताले गरिरहेको उहाँले बताउनुभयो ।
राजवीर डंगोलको सभापतित्वमा भएको सो कार्यक्रममा अशोक महर्जन, सुवर्ण शाक्य, एस. दुवाल, एस. माक, महन्त महर्जन र नरेश महर्जनले पुँजीवाद र समाजवादको भेदबारे जनतालाई सुसूचित पार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *