महिला अधिकार : संविधान र व्यवहारबारे एक विश्लेषण
- आश्विन ३, २०८१
कैलाली, २९ माघ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. थपालिपुर एकाइ समितिको आयोजनामा विद्यार्थी भेला भयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले कुनै पनि मानिस राजनीतिबाट टाढा नहुने कुरा राख्दै राजनीति भनेको सबै नीतिको राजा भएको कुरा बताउनुभयो ।
उहाँले नेमकिपाको स्थापना काम गरिखाने जनताको राज्य स्थापनाको निमित्त भएको उल्लेख गर्दै पार्टीको मुख्य उद्देश्य समाजवादी व्यवस्था स्थापना गर्नु हो भन्नुभयो ।
उहाँले समाजवादी व्यवस्था ल्याउनको निमित्त सम्पूर्ण मजदुर र किसानहरूलाई राजनीतिकरूपमा सचेत पार्नुपर्ने बताउनुभयो ।
भेलामा नेक्राशिसङ्घ कैलाली अध्यक्ष गुप्तबहादुर शाहीले विद्यार्थीले कुनै पनि कुरा जान्न सबैभन्दा पहिले ऊसँग इच्छा शक्ति हुनुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घका विद्यार्थीहरू अरु विद्यार्थीहरूभन्दा इमानदार, अनुशासित र मेहनती हुनुपर्ने उल्लेख गर्दै उहाँले राज्यले जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले अहिलेको यो पुँजीवादी व्यवस्थाले पुँजीपतिहरूको हितमा नियम कानुन बनाउने व्यवस्था हो भन्नुभयो ।
Leave a Reply