भर्खरै :

थियटर भवनको निर्माण सम्पन्न

पोखरा, ४ मंसिर (रासस) ः पोखरा–लेखनाथ महानगरपालिका–४ गैरापाटनमा पोखरा थियटर भवनको निर्माण सम्पन्न भएको छ ।
पञ्चामृत नाट्य समूह पोखराको सक्रियतामा निर्माण गरिएकोे थियटर भवन निर्माण सम्पन्न गर्न रु ७० लाख खर्च भएको संस्थाका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष कार्की, सदस्यद्वय दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको सहयोगमा निर्माण गरिएको सो भवनको निर्माणपछि व्यावसायिक रुपमा नाटक प्रदर्शन एवं कला, साहित्य र संगीत क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । भवन निर्माणका लागि डेढ रोपनी जमिन दश वर्षका लागि मासिक रु १५ हजार भाडा दिने गरी लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *