के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
काठमाडौँ, ४ फागुन । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा काठमाडौँ महानगरस्तरीय कार्यकर्ता भेला शुक्रबार क्षेत्रपाटीमा भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भन्नुभयो, “सर्वहारावर्गका महान् गुरू कार्ल हेनरिक माक्र्सले उन्नाइसौँ शताब्दीमा एक नयाँ सिद्धान्तको प्रतिपादन गर्नुभयो । यो द्वन्द्वात्मक भौतिकवादमा आधारित वैज्ञानिक समाजवाद वा साम्यवादी व्यवस्था विश्वमा स्थापना हुने र पुँजीवादको पतन अनिवार्य हुनेछ भन्ने तथ्यमा आधारित सिद्धान्त हो ।”
उहाँले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तअनुसार अहिलेसम्मको मानव समाजको विकास वर्गसङ्घर्षमा आधारित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अंँगाली नेपाली कामदारवर्गलाई राजनैतिकरूपले शिक्षित र सचेत गर्ने कार्य निरन्तर गर्दै आइरहेको छ ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एनबी श्रेष्ठले माक्र्सवादी राजनीतिक अर्थशास्त्रले पुँजीवादको उत्थान, विकास र पतनको सिद्धान्तको व्याख्या गरेको, अतिरिक्त मूल्य नै शोषणको प्रमुख आधार भएको चर्चा गर्दै पुँजीपतिवर्गको सम्पत्ति सर्वहारावर्गको साझा सम्पत्ति भएको माक्र्सले व्याख्या गर्नुभएको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले निर्वाचनलाई लेनिनवादी सिद्धान्तअनुसार उपयोग गरेको हो† निर्वाचनबाटै आमूल परिवर्तन हुन्छ र कामदार जनताको शासन सत्ता आउँछ भन्ने कुरामा नेमकिपा विश्वास राख्दैन ।”
उक्त भेलाले हरिशरण श्रेष्ठको अध्यक्षतामा नेपाल मजदुर किसान पार्टी काठमाडाँै महानगर सम्मेलन समिति गठन गरेको छ ।
Leave a Reply