जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, ५ फागुन । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा शनिबार एक समारोहबिच शनिबार सम्पन्न भयो ।
उक्त समारोहको उद्घाटन गर्दै नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले आदर्श सामाजिक संस्थाको परिष्कृत रूप सहकारी संस्था भएको चर्चा गर्दै कार्यपद्धति, सुशासन र प्रजातान्त्रिक अभ्यासको हिसाबले भक्तपुरका सहकारी संस्थाहरू नमुना संस्थाको रूपमा विकास भइरहेको बताउनुभयो ।
कुनै पनि सहकारी संस्थामा देखिएको गलत कार्य र गलत पद्धतिको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संस्थाले सहकारी मूल्य र मान्यता, संस्कार र आदर्शलाई अक्षुण्ण राख्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीलाई व्यवस्थित गर्न सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले कर्जा असुल्न प्रक्रियामा गएर समस्या समाधान गर्नुपर्छ भन्नुभयो ।
संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले सर्वसाधारण जनताको बचत ठग्ने, पैसा लिएर भाग्ने सञ्चालक या पदाधिकारीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै कालोसूचीमा रहेका सहकारी संस्थालाई नियन्त्रण गर्ने नाउँमा राम्ररी सञ्चालन भइरहेका सहकारीको काममा बाधा हुने गरी ऐन कानुन बनाइए त्यो सह्य नहुने बताउनुभयो ।
भक्तपुर बचतको संरक्षणमा चलिरहेको आदर निकेतनलाई निरन्तरता दिन कोष बढाउने क्रियाकलाप गरिरहनुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष एवं अर्धवार्षिक समीक्षाका सभापति निर्मल प्रजापतिले सहकारी संस्था विदेशीको उठबसमा चल्न नहुने विचार व्यक्त गर्दै उहाँले सरोकारवाला निकायले नेपालमै सहकारीविज्ञ तयार गर्नुपर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले अत्यन्त व्यक्तिगत स्वार्थ पूरा गर्ने हुने खानेको कारण सहकारी संस्था बदनाम भइरहेको विचार व्यक्त गर्दै आदर निकेतन सहज ढङ्गले सञ्चालन भइरहेको बताउनुभयो ।
संस्थाका सचिव जगनाथ प्रजापतिले अर्धवार्षिक समीक्षाको आवश्यकताबारे औँल्याउँदै संस्थालाई गतिशील बनाउन, संस्था जनतामाझ विश्वासिलो बनाउने खालको सुझाव दिन उपसमितिका साथीहरूलाई आग्रह गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आ.व. २०८०÷८१ को पुससम्मको वित्तीय विवरणको जानकारी दिनुभयो ।
कोषाध्यक्ष प्रजापतिबाट प्राप्त जानकारीअनुसार संस्थामा पुससम्मको जम्मा दायित्व ३ अर्ब ८७ करोड ७ लाख ९८ हजार ३५५ रूपैयाँ ३४ पैसा रहेको छ ।
पुससम्ममा संस्थामा ८,३७० जना सदस्य रहेका छन् ।
Leave a Reply