भर्खरै :

विद्यालय उच्च शिक्षा हासिल गर्ने जग

विद्यालय उच्च शिक्षा हासिल गर्ने जग

भक्तपुर, ५ फागुन । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलमा भइरहेको तीनमहिने मन्टेश्वरी तालिमको समापन तथा प्रमाणपत्र वितरण शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा सांसद एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले विद्यालय उच्च शिक्षा हासिल गर्ने जग हो, जग नै राम्ररी तयार गर्नुपर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गौतम लासिवाले बालबालिकालाई गाली नगरी अभिप्रेरित गर्नुपर्छ भन्नुभयो ।
समितिका अर्का सदस्य रोशनमैयाँ सुवालले विद्यार्थीहरूलाई सही मार्गमा हिँडाउने मुख्य स्थान विद्यालय नै हो भन्नुभयो । प्रशिक्षक देवना जोशीले मन्टेश्वरी शिक्षाको आवश्यकताबारे चर्चा गर्नुभयो ।
शिक्षिका सविना दथेपुथेले स्वागत गर्नुभएको सो कार्यक्रममा बुद्धलक्ष्मी गोर्खाली र सविना दथेपुथेले तालिमको अनुभव बताउनुभयो ।
अध्यक्ष अतिथि सुवालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *