भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
भक्तपुर, ५ फागुन । सहलह बचत तथा ऋण सहकारी संस्था शिक्षा उपसमितिको आयोजनामा सहकारी संस्थाहरूको समस्या र चुनौती विषयमा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ७ वडाका वडाध्यक्ष उकेश कवांले समुदायमा आधारित सहकारी संस्था व्यापार गर्ने हिसाबले सञ्चालन नगरी समाजवादी अवधारणाअनुसार जनताको सेवा गर्ने उद्देश्यले काम गर्नुपर्ने कुरा राख्नुभयो ।
उहाँले सहकारी व्यक्तिगत हिसाबले भन्दा सामूहिक भावनाबाट काम गर्नुपर्ने हरेक हप्ताजस्तो अन्तरक्रिया गरी सहकारी संस्थाको समस्या कमी कमजोरी औँल्याई समाधानका उपायहरू निकाल्नुपर्नेमा जोड दिनुभयो । अतिथि कवांले सहकारीले अनुत्पादक क्षेत्रमा भन्दा उत्पादनमूल्क क्षेत्रमा लगानी गर्न सुझाव दिदैँ सहकारी संस्थाले जनतालाई बुद्धिजीवीकरण गर्न पुस्तकालय सञ्चालन, अध्ययन संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका कानुनी सल्लाहकार पुरूषोत्तम ग्वाछाले सहकारी संस्थाले सदस्यको सेवालाई भन्दा नाफालाई बढी प्राथमिकता दिएको सहकारीमा विधिसम्मत ढगले सहकारी सञ्चालन नभएको जनताको बचत रकम व्यक्तिगत व्यवसायमा प्रयोग गरेको र सदस्यहरू बढी ब्याजमा फासेका चुनौतीहरू रहेको विचार राख्नुभयो ।
शिक्षा उपसमितिका संयोजक प्रवीण तजलेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष श्याम तजले, रामप्रसाद ग्वाछा, राकेश ग्वाछा, अनिल बागलगायतले सहकारीका चुनौतीहरूबारे आफ्नो भनाइ राख्नुभएको थियो ।
Leave a Reply