भर्खरै :

राज्य भ्रष्टाचार, अनाचार र सदाचार

राज्य भ्रष्टाचार, अनाचार र सदाचार

एउटा युग थियो जुन युगमा भ्रष्टाचार, अनाचार र दुराचार हुँदैनथ्यो । समाजमा सदाचारको उच्च सम्मान र मर्यादा हुन्थ्यो । भ्रष्टाचार र अनाचारबाट मान्छेहरू परपर सर्दथे तर अहिले त्यो ठाउँ भ्रष्टाचारले लिन थालेको छ । भ्रष्टाचारीहरूमा थरीथरीका तृष्णा पैदा भएका छन् । भ्रष्टाचार समाजमा बदनाम विषय हो तर त्यसैको बिगबिगी छ । सरकारले भ्रष्टाचार नियन्त्रणको लागि अनेक प्रयत्न ग¥यो तर ती प्रयत्न काम लागेनन् । उहिले सूर्यनाथ उपाध्याय भन्ने एक व्यक्ति थिए जसले एक रातमै धेरै भ्रष्टाचारीलाई समातेर थुने । हाहाकार मच्चियो । एउटा बेला राधारमण शर्मा भन्ने व्यक्ति अख्तियार दुरूपयोग निवारण आयोगका प्रमुख भए । म एक दिन उनको घरमा पुग्दा उनी भन्थे, “भैरवजी आज दूध छैन, कालो चिया खाऔँ, पैसा जति दूध लिएर आउनेले लगे, पैसो छैन ।” यस्तो थियो संवैधानिक प्रमुखको अवस्था । यस्तो बेलामा के भ्रष्टाचार हुनु ?
राजनीति भ्रष्टाचारमुक्त नहुने भो !
अख्तियारमा राजनीतिको छाया बाक्लो भयो । फलस्वरूप शक्तिशालीहरूमाथि अनुसन्धान घट्दै गयो । पहिले त अख्तियार दुरूपयोग निवारण आयोग थियो । त्यो आयोगले धेरै जना भ्रष्टाचारीमाथि कानुनको प्रयोग ग¥यो । हालै प्रकाशित एउटा दैनिकमा भ्रष्टाचार कारबाहीमा परेका ११ जनाको फोटो छापेको छ जसमा अकुत सम्पत्ति जम्मा गरेको अभियोग छ । ती मुद्दामध्ये कतिपय मुद्दा त आयोगले छिन्नु त परै जाओस्, पेसी मिति सरेको स¥यै छ । आयोग सक्रिय भएपछि राजनीतिक नियुक्ति गर्ने र अख्तियारलाई आफ्नो कब्जामा पार्ने प्रवृत्ति बलियो भयो । चिरञ्जीवी वाग्ले, रवीन्द्रनाथ शर्मा, जयप्रकाश गुप्ता, खुमबहादुर खड्का, गोविन्दराज जोशी, बद्री न्यौपाने, टेकबहादुर गुरूङ, सञ्जयकुमार शाह, रामकुमार श्रेष्ठ, विक्रम पाण्डे र छविराज पन्तहरूउपर मुद्दा दायर गरियो ।
भ्रष्टाचारीहरू निर्लज्ज भए !
तीमध्ये वाग्ले, शर्मा, गुप्ता, खड्काको मुद्दा छिनियो तर गोविन्दराज जोशीहरूको मुद्दा पेसीमा चढ्छ, पेसी हुँदैन । मुद्दा भ्रष्टाचारको छ तर मस्तसँग बाँचिरहेका छन् । अझ बेलाबेलामा उनीहरूकै स्वर ठुलो हुन्छ । यीमध्ये कति जना त परलोक भइसके । बाँकी दोषीहरू अझै कतिजना छलछाम गर्दै छन् । यस्तै छलछामबाट एक दिन सफाइ पाउने आशामा छन् । नेपालको मूल राजनीतिक शक्तिहरू अख्तियारको दुरूपयोग चाहन्छन् कि सदुपयोग ? भन्ने मूल प्रश्न हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग अहिले त निजामती सेवाबाट अवकास पाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख र सदस्य हुने क्रम बसालिएको छ । सो आयोगले मन्त्रीपरिषद्ले बास गरेको कुनै पनि मुद्दा हेर्ने उसको हैसियत हुँदैन जसले गर्दा साना निर्णय पनि मन्त्री आफैँले गर्दैन र मन्त्रीपरिषद्को बैठकबाट गराउँछ । मन्त्रीपरिषद्ले गरेको निर्णय आयोगले हेर्दैन । यसरी ¥याङठ्याङ मिलाइएको छ ।
मुद्दा पेसीका पेसी, लाज लाग्नुपर्ने हो
कुनै पनि मुद्दा सधैँ पेसीका पेसीमा रहनु इज्जत र शरमको विषय हो तर अपराधीले हातखुट्टा छोडेपछि कसको के लाग्छ र ? गोविन्दराज जोशीहरू राता गाला पारेर मोटाएर बसेका बसै छन् । एकथरी गोविन्दराजहरूलाई कारबाहीको सिलसिलामा अपराधीको रूपमा कारागारमा भेट्न चाहन्छन् तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग यी मुद्दा हेर्न भ्याउँदैन । धेरै वर्षसम्म पनि सो मुद्दा टङ्गिएको टङ्गिमै छ । मान्छेको तृष्णा कस्तो हुन्छ भन्ने यो एउटा उदाहरण हो । कति जनालाई त उमेरले पनि सल्लाह दिनुपर्ने हो । अब मुद्दा जितेर कति कमाउने सुर छ ? त्यो कुरा गोविन्दराजहरूले पनि बुझ्नुपर्ने हो । सुनाम र कुनामको मतलब नै छैन । अझै मोटाघाटै छन्, खाएकै छन् ।
अख्तियार दुरूपयोग होइन, सदुपयोग
अब त अख्तियार दुरूपयोग अनुसन्धान आयोग र भ्रष्टाचारका आरोप लागेका यी महानुभावहरू पेटबोलीमा कुरा गर्छन्, “को बलियो ? तँ बलियो कि म बलियो ?” हामी जनता उनीहरूको यो बोली बुझ्दैनौँ । के अब यस्तै हुने हो ? गोविन्दराजहरूको मुद्दा कहिल्यै छिनिँदैन ? अख्तियारका मान्छेहरूमा अलिकति पनि जिम्मेवारीबोध भएमा यस्ता समस्या समाधान हुन्छन् तर जिम्मेवारीबोध नै छैन । प्रधानमन्त्रीहरू कहिले को हुन्छ, कहिले को हुन्छ । आलोपालो प्रथाजस्तो छ तर धेरै जना प्रधानमन्त्री भइसके† विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनमोहन अधिकारीजस्ता पुराना नेता र अरू नयाँ नेता पनि धेरै जना प्रधानमन्त्री भइसके परन्तु अख्तियारको दुरूपयोग रोकिनुको बदला झन् बढिरहेको छ । यो रोग असाध्यै बलियो छ । रोग बलियो भएमा निको हुन कठिन छ ।
मौका पर्दा केही त गर्नुहोस् !
जिन्दगीमा तपाईँ प्रधानमन्त्री हुनुभएको छ, केही त गरेर देखाउनुहोस् ¤ जिन्दगी भनेको जालझेल मात्र होइन । जिन्दगीलाई सदाचार, शिष्टाचार, नम्रता र जनताको निम्ति प्रयोग र परित्याग गर्न सक्नुपर्छ । जिन्दगी सधैँ एकैनास रहँदैन । यो कुरा अख्तियारउन्मुख र राजनीतिक नेताहरूले बढी बुझ्नुपर्छ । नेताहरू चोखा भए, शुद्ध भए राजनीति पनि चोखो र शुद्ध हुन्छ । बिटुलो राजनीतिले चोखो परिणाम दिन सक्दैन । आजको विश्वको जनता चोखो परिणाम चाहन्छ । तर, चोखो परिणाम कल्पनाले मात्र आउँदैन । यसको लागि दृढ सङ्कल्प र सद्सङ्कल्पको आवश्यकता हुन्छ । आजको मुलुकको संवैधानिक एवं कानुनी प्रावधान हेर्दा यस्तो आशा गर्न सकिँदैन । लौन हो, पदाधिकारीहरू ¤ पदको दास नहुनुहोस् । आफ्नो अधिकारको प्रयोग र सदुपयोग गर्नुहोस् । आफ्नो नाम अमर पार्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *