भर्खरै :

बुद्धिजीवीहरू थरीथरीका

बुद्धिजीवीको अर्थ आफ्नै बुद्धिले गुजारा चलाइरहेका वा स्कूल, कलेज, विश्वविद्यालयमा कार्यरत वा कुनै विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि भनी छाप लगाएका कुनै संस्था वा निजी फर्म वा व्यापारी संस्थामा काम गर्ने अङ्ग्रेजी भाषामा लेखपढ गर्न जानेका, हिसाब वा केही विषयमा दख्खल भएको व्यक्तिलाई मान्दै आएको छ ।
तर, ती खप्पिस र जानकारहरूले आफ्नै देशको राजनीतिक दल वा नेताहरू, बैङ्क वा व्यापारीहरूले देशको हित गर्दै छन् वा देश र जनताको अहित गर्दै छन् भन्नेबारे चोर औँला ठड्याउँदैनन् र आफूमात्रै सज्जन, इमानदार र जान्नेसुन्ने व्यक्ति सम्झन्छन् । कुनै व्यक्ति संस्था वा सरकारले कुनै एउटा काममा नियुक्ति गर्दै काम लगाएमा आँखा चिम्लेर स्वीकार गर्ने व्यक्ति आफूलाई बुद्धिजीवी भन्दै आत्मप्रशंसामा मग्न हुन्छन् ।
केहीको भनाइ छ – विदेशीहरूले देश चलाइरहेका छन्, विदेशीहरूले जे जे भन्छन् त्यही हुन्छ तर कोही बुद्धिजीवी उठ्दैनन् ।
यस्ता अभिव्यक्ति दिनेहरूमा विश्वविद्यालयले छाप लगाएका १०० जनामध्ये एक जना जरूरै होला । तर तिनीहरूमध्ये एक प्रतिशतले पनि कुनै देशले हाम्रो देश बिगारेको हो, के कसरी नेपाललाई अहित गर्दै छ भनी सोधेमा उसले जवाफ दिँदैन र अरूलाई अज्ञानी, मूर्ख र स्वार्थी भन्छन् ।
तर, बुद्धिजीवीहरूले भन्नैपर्छ – विदेशको नाम किटेर कुन देशले के कसरी देशको अहित गर्दै छ भन्दैन भने तत्तत् बुद्धिजीवी त होलान् तर कसैको तिनीहरूले हितमा काम गर्दै छन् र अन्य बुद्धिजीवीहरूको मन चोर्दै छन् ।
संसारमा हाकाहाकी युक्रेनमाथि आक्रमण गराउने संरा अमेरिकालाई आक्रामक, युद्ध सरदार र युद्धका व्यापारी भनेर किट्न सक्दैन भने संसारलाई आलोचना गर्नेहरू के के कारणले आरोप होइन भनी भाषण, सम्पादकलाई पत्र, फेसबुक वा अन्य कुनै प्रचार माध्यमबाट भनेपछि मात्रै ती बुद्धिजीवीहरूबारे लख काट्ने, खुट्याउने र उदाङ्ग्याउने छन् । ‘मोही माग्ने ढुङ्ग्रो लुकाएर अहिले कोही साखुल्ले हुनसक्दैन । इजरायलको आक्रमणको निम्ति संरा अमेरिकालाई दोषी किन भन्न सक्दैनन् ? बुद्धिजीवीले किन विचार लुकाउने ? आफ्नो मत प्रचार गर्न देशलाई जोगाउन सरकारी संस्था र पैसा चाहिने दृष्टिकोण खोटपूर्ण छ । देशमा निःस्वार्थी र सरल मानिसहरू धेरै छन् । देशद्रोही, जनद्रोही र भ्रष्टाचारीहरू केही लाख छन् । १० लाख बुद्धिजीवी भनी आत्मकेन्द्रित व्यक्तिहरू छन् तर देशको निमित केही गर्दैनन् । बहुमत जनता दुःखी छन् र परिवर्तन चाहन्छन्, तर बुद्धिजीवी के हो ? पार्टी के हो ? कुन पार्टी राम्रो हो वा होइन केलाउने आलोचनात्मक दृष्टिकोण छैन । यस अर्थमा तिनीहरू निर्दोष छन् ।
तर सबै कुरो बुझ्छाँै भनी बुद्धिजीवीहरू अरू सबैलाई दोष दिई आफूलाई चोखो बन्नेहरूलाई भन्नैपर्छ, “त्यस्ता बुद्धिजीवीहरू स्वार्थी छन् वा ‘बुद्धिजीवीहरू अज्ञानी छन् ।”

XXX

मेलम्चीको आयोजना एक दिनले निर्णय भएको होइन, महिनौँ वर्षौँसम्म छलफल गरेर निर्णय गरिएको थियो । त्यसमा सबै एकसेएक बुद्धिजीवी थिए । ती बुद्धिजीवीहरूले के गरे, तल हेरौँ –
‘मेलम्चीको ८ अर्ब ७१ करोडको ठेक्कामा एक अर्ब ६३ करोड भ्रष्टाचार’, ‘चार पूर्वसचिव, तीन तत्कालीन कार्यकारी निर्देशक र ठेकेदारसहित १८ जना विरूद्ध मुद्दा दायर ।’ (नयाँ पत्रिका, ७ फागुन २०८०)
‘३० अर्ब सकियो, मेलम्ची अझै अधुरै ।’ तर आश्चर्य ती भ्रष्टाचारीहरू सबै विश्वविद्यालयले बुद्धिजीवीको लगाएको ईश्वरको पूजा गर्ने, धर्मबारे जानकारहरू, माथिल्ला सामाजिक आधार भएका माथिल्ला पदका छन् । ७ फागुनकै ‘नेपाल समाचारपत्र’ ले लेख्यो – १६ जना ठुलाबडाले ७ अर्ब ७२ करोडभन्दा बढी भ्रष्टाचार’ ग¥यो ।
अब बुद्धिजीवीहरूले मुख खोल्ने समय आएको छ, देशलाई डुबाउने साधारण जनताले हो या बुद्धिजीवीहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *