भर्खरै :

हनुमन्ते खोला सुधार कार्यको लागि रिटेनिङ वाल निर्माण कार्यमा देखिएको समस्याबारे छलफल

हनुमन्ते खोला सुधार कार्यको लागि रिटेनिङ वाल निर्माण कार्यमा देखिएको समस्याबारे छलफल

भक्तपुर, १४ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा अधिकार सम्पन्न वाग्मती सभ्यता विकास समिति र केयूकेएल (पी.आई.डी.) का प्रतिनिधिहरूसँग हनुमन्ते खोला सुधार कार्यको लागि रिटेनिङ वाल निर्माण कार्यमा देखिएको समस्या विषयमा सोमबार छलफल सम्पन्न भयो ।
सो बैठकबाट हनुमन्ते खोला किनारमा २० मिटर बहावक्षेत्र कायम गरी भक्तपुर नपाबाट रिटेनिङ वाल निर्माणको क्रममा खोला किनारमा KUKL (PID) बाट यसअघि बिछ्याइएको ढलको Alignment को कारण देखिएको समस्याबारे छलफल गरियो ।
ढलको पाइपको Realignment नगरीकन सो रिटेनिङ वालको कार्यअगाडि बढाउन नसकिने देखिएको र भक्तपुर नपाबाट ठेक्कामार्पmत कार्यान्वयन भइरहेको सो योजनाको कार्य अगाडि बढाउन ढलको पाइप Realignment तत्काल गर्नुपर्ने देखिएकोले सो समस्याको बारेमा जानकारीसहित तत्काल ढलको पाइपको Realignment गर्ने व्यवस्था मिलाइ सहजीकरण गर्न KUKL (PID) लाई पत्राचार गर्ने निर्णय गरियो ।
छलफलमा भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवां, वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, PID का आयोजना व्यवस्थापक योगेन्द्र चित्रकार, अधिकार सम्पन्न वाग्मती सभ्यता विकास समितिका आयोजना उपनिर्देशक उद्धव नेपाल, सर्भेक्षक चेतनाथ पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *