भर्खरै :

नेपालमा सहरी विश्वविद्यालयहरू जरुरी छ

नेपालमा सहरी विश्वविद्यालयहरू जरुरी छ

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा नेपाल विश्वविद्यालयको विधेयकबारे मङ्गलबार छलफल भयो ।
केही विज्ञहरूले नेपालमा विश्वविद्यालय पुग्दो नभएको र केहीले भएका विश्वविद्यालय लथालिङ भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उत्पादन श्रमसँग जोडिएको शिक्षा दिने सहरी विश्वविद्यालय नेपालमा आवश्यक भएको उल्लेख गर्दै शासक दलका नेताले विश्वविद्यालय सञ्चालनको नाममा भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नुपर्ने औँल्याउनुभयो ।
“विश्वविद्यालयमा राजनीतिक नेतृत्व हुनु जरूरी छ; भ्रष्टाचार र पक्षपात हुनुहुँदैन । सङ्घ, प्रदेश वा स्थानीय तहमध्ये एउटाको संरक्षकत्वमा नेपाल विश्वविद्यालय सञ्चालन हुनु उपयुक्त हुन्छ”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसदहरू देवेन्द्र पौडेल, चन्दा कार्की, सुमना श्रेष्ठ र तोसिमा कार्कीले पनि विधेयकबारे विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *