भर्खरै :

श्रमिक महिला दिवसको अवसरमा थपलीपुर र कौवापुरमा प्रशिक्षणात्मक कार्यक्रम

कैलाली, १६ फागुन । ११४ औँ श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीले गाउँ–गाउँमा भेला, प्रशिक्षण गर्ने निर्णयअनुसार लम्कीचुहा नपा वडा नं १ थपालीपुर र वडा नं ४ अमरपुरमा छुट्टाछुट्टै महिला भेला गरियो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ठुलो महत्व रहेको बताउनुभयो । विश्वका कामदार महिलाले हक, अधिकार प्राप्त गरेको दिनलाई संसारमा श्रमिक महिला दिवस मनाइरहेको उहाँले प्रस्ट पार्नुभयो । उहाँले समाजवादी व्यवस्थामा मात्र कामदारवर्गको हित हुन्छ भन्नुभयो ।
नेमकिपा, कैलालीका अध्यक्ष रमेशकुमार रावलले श्रमिक महिला मुक्ति समाजवादमा मात्रै हुने बताउनुभयो । उहाँले १८ घण्टा काम गर्नुपर्ने बाध्यकारी अवस्थाको अन्त्य भई ८ घण्टामा झरेको दिनलाई उपलब्धिको रूपमा लिएको उल्लेख गर्दै वर्गीय मुक्तिसँगै महिला मुक्ति हुने स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीका अध्यक्ष एवं केन्द्रीय सहसचिव लक्ष्मी पुनले महिलाहरूमा पनि वर्ग हुने भएकोले हामीले कामदार महिलालाई राजनैतिक कार्यक्रममा सहभागी गराई समाजवादी राज्य व्यवस्थाको बारेमा सिकाउनुपर्छ भन्नुभयो । अन्तर्राष्ट्रिय क्रान्तिकारी महिला नेतृका कारण श्रमिक महिला आन्दोलन सफल भएकोले नै मार्च ८ मनाउनु आवश्यक भएको उहाँले बताउनुभयो ।
त्यस्तै नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीले लम्कीचुहा नपा वडा नं ४ कौवापुरमा गाउँ भेला ग¥यो ।
भेलामा नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले राजनीति गर्नु भनेको जनताको सेवा गर्नु हो भन्नुभयो । उहाँले श्रमिक महिलालाई राजनैतिकरूपमा सचेत र सङ्गठित गरी समाजवादी आन्दोलनमा सक्रिय बनाउनु हाम्रो उद्देश्य हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली अध्यक्ष एवं केन्द्रीय सहसचिव लक्ष्मी पुनले महिलाहरूले पनि समाजवादी व्यवस्था ल्याउनका लागि महत्वपूर्ण योगदान दिनसक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *