यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
साँझ चार बजेतिर काठमाडौँबाट कमलविनायक जाने बसमा साथीहरूसँग कुराकानी गर्दै आइरहेको थिएँ । बसमा यात्रुहरू धकेलाधकेल गर्दै यात्रा गरिरहेका थिए । हामी सीटमा थियौँ । यत्तिकैमा मेरो मोबाइलमा घण्टी बज्यो । बसमा धेरै भिडभाड र होहल्ला भएकोले फोन उठाइनँ । तर, पटकपटक फोनको घण्टी बजिरहेकोले मोबाइल उठाएँ । फोनको खबरले म झसङ्ग भएँ, एक्कासि छाँगाबाट खसेजस्तो भएँ । फोनमा शङ्कर आचार्य र डा. सुनित आचार्य चढेको बाइक दुर्घटना भएर घाइतेलाई ख्वप अस्पतालमा ल्याइएको सूचना पाएँ । केही समय रमाइलो कुराकानी गर्दै बसमा यात्रा गरिरहेकोमा उत्तिखेर मेरो मनमा दुःख, पीडा, तनाव, कौतुहलता उत्पन्न भयो । बस्दाबस्दै असहज भयो । कतिखेर ख्वप अस्पतालमा पुगौँला, घाइतेको अवस्था कस्तो होला ? कति चोटपटक भएको होला ? कुनै अङ्ग टुटफुट भयो कि ? जस्तो मेरो मनमा अनेकौँ तर्कनाहरू भए । छोटो दूरी तथा केही मिनेटको यात्रा पनि मलाई वर्षौँ लामोजस्तो महसुस भयो । फोनबाट मैले घाइतेको बारेमा विस्तृत जानकारी पाएको भए अलि सहज हुने थियो । तर, मैले अधुरो, अपुरो र अस्पस्ट जानकारी मात्रै पाएको थिएँ । यसरी हतारहतारमा म च्याम्हासिंह ख्वप अस्पतालमा पुगेँ । अस्पतालको गेटमै बहिनी टीका कँडेल, डा. सुनिता, दीपा, सावित्रा, नवीन रसुमनलाई भेटेँ । हामी एकआपसमा हेराहेर मात्रै गर्यौँ । बोल्न सकेनौँ, सोधपुछ गर्ने साहस आएन, सबैका अनुहार मलिन थिए, आँखा रसाएका थिए । दुर्घटनामा परेकी बहिनी डा. सुनितालाई सकुशल देख्दा मलाई केही सान्त्वना प्राप्त भयो । अब प्यारो साला शङ्कर आचार्यको अवस्था कस्तो छ भनेर सोध्न मलाई अप्ठेरो भयो । विभिन्न शङ्का उपशङ्का मनभित्र उब्जिरह्यो । हामी सबै सँगसँगै अस्पतालभित्र गयौँ । इमर्जेन्सी वार्डमा पुग्यौँ । अस्पतालको शøयामा पल्टिएर छटपटाइरहेको अवस्थामा शङ्करसँग भेट भयो । चोटपटक लागे पनि परिस्थिति काबुभित्रै भएको महसुस भयो । बिस्तारै सोधपुछ गर्यौँ । दाहिने खुट्टा भाँच्चिएको रहेछ । बाइकको पछाडि बस्ने सुनितालाई खासै चोट लागेको रहेनछ । ख्वप अस्पतालका डाक्टर, नर्स तथा अन्य सबै कर्मचारीहरूले उपचारमा हृदयदेखि नै सहयोग गरिरहेका थिए । एक्सरे गर्ने, घाउमा मलमपट्टी लगाउने, बिरामीलाई बाहिर–भित्र गर्दा सबैबाट अति धेरै सहयोग प्राप्त भयो । खुट्टाको हड्डी भाँचिएकोले अप्रेसन गर्नुपर्ने भयो । अप्रेसनको लागि विभिन्न उपकरणहरूको शुद्धीकरण र व्यवस्थापन गर्नुपर्ने भएकोले अर्को दिनसम्म कुर्नुपर्ने देखियो । च्याम्हासिंहमा अन्तरङ्ग सेवा नभएकोले ख्वप अस्पतालको ब्रह्मायणी शाखामा एम्बुलेन्सबाट हामी आयौँ । अस्पतालको दोस्रो तलाको २२५ नम्बर शøयामा पाँच दिन बसाइँ भयो । नेपालका प्रदेश अस्पताल सुर्खेत, नेपालगञ्ज अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताललगायतका सरकारी तथा निजी धेरै अस्पतालमा बिरामीको उपचारको क्रममा धेरैपटक पुगियो । त्यहाँका बिरामीको शøया, कोठा, शौचालय, सरसफाइको व्यवस्था, खानेपानी, अस्पताल भित्र, बाहिरको दृश्त्न्दा ख्वप अस्पतालको सफा सुग्घर, व्यवस्थित देखियो । सबैभन्दा राम्रो डाक्टर र नर्सहरूको बोली र व्यवहार अझै पटकपटक जनप्रतिनिधिहरू अस्पतालमा पुगेर सरसल्लाह परामर्श गर्ने बिरामीहरूलाई भेटघाट गर्ने, सान्त्वना दिने गरेको दृश्य अनुकरणीय लाग्यो । म हरेक दिन बिहान, दिउँसो र साँझ गरी ३÷४ पल्ट अस्पतालमा पुगेँ । अस्पतालका बारेमा बुझ्ने प्रयास गरेँ । बिरामीहरूसँग सोधपुछ गरेँ । नर्स, कर्मचारी र डाक्टरहरूसँग पनि कुराकानी गरेँ । यो अस्पताल साँच्चिकै जनताको निःस्वार्थ सेवामा समर्पित भएको पाएँ । ख्वप अस्पतालमा पाँच दिन बस्दाको अनुभवलाई म बिरामी कुरुवाको अनुभवभन्दा स्वयं बिरामीबाट नै व्यक्त गर्दा उत्तम होला भनेर शङ्कर आचार्यलाई झक्झकाइ रहेँ । दुखाइमा केही कम भएपछि उनले भने, “म माघ २७ गते शनिबार दुर्घटनामा परेँ । म अचेतजस्तै थिएँ । केही छिनपछि मानिसहरू आए, मलाई उठाए । मैले थाहा पाएँ कि मेरो खुट्टामा अलि नराम्रोसँग चोट लागेको छ । त्यहाँ जम्मा भएका मानिसमध्ये कतिले मध्यपुर अस्पताल त कतिले अन्य अस्पताल जान सुझाए । घरपरिवारका सदस्यहरू पनि कता जाने भन्नेमा अलमलमा परे । घटना थाहा पाएपछि भतिजी दीपाले पहिले आफूले काम गरेको पाटन अस्पतालमा आउनु राम्रो हुन्छ, म पनि आउँछु भनिन् । मलाई भने किन हो किन मनमनै ख्वप अस्पतालमा नै जाउँ भन्ने लागेको थियो । त्यतिबेला एउटा ट्याक्सी आयो । सबैले त्यसलाई रोकेर घाइतेलाई अस्पतालमा पु¥याउन अनुरोध गरँे । ट्याक्सी ड्रात्रले पनि मलाई अन्यत्र अस्पतालमा जान कर गर्दै थियो । तर, मैले मानिनँ । सरासर ख्वप अस्पताल जाउ भनेँ । ड्रात्रले पनि ख्वप अस्पतालतिर हिँडायो । मैले बाटोबाटै मेरी श्रीमती डा. सुमितालाई ख्वप अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. मजेश र डा. मनिषलाई फोन गर्न लगाएँ । शनिबार त्यो पनि साँझ परेकाले उहाँहरू अस्पतालमा नभएको तर लगेर एक्सरे गराउँदै गर्नु हामी जसरी भए पनि केही बेरमा पुग्छौँ भन्ने आश्वासन मिल्यो । हामी ख्वप अस्पताल पुगेर खुट्टाको एक्सरे गरायौँ । खुट्टामा ठुलै चोट रहेछ । एकछिन त म एक्सरे हेरेर तर्सिएँ, बिचलित भएँ । यत्तिकैमा डा. मनिष प्रधानाङ्ग आइपुग्नुभयो । उहाँले एक्सरे हेरेर चोट त ठुलै रहेछ तर आत्तिनुपर्दैन भन्नुभयो । हामीले यस्ता र योभन्दा ठुलठुला फ्याक्चरका सफल अप्रेसन गरेका छाँै आत्तिनुपर्दैन भन्दै उहाँले त्यस्तै प्रकृतिका चोट र उपचार विधि, उपचारपछिको अवस्थाका फोटोहरू देखाउनुभयो । आज शनिबार भएकोले ओ. टी. सामग्री तयार नहुने भएकोले भोलि अप्रेसन गरौँला आज भर्ना भएर बस्नुहोस् भनी सान्त्वना दिएर जानुभयो । त्यसपछि इमर्जेन्सी वार्डका स्टाफहरू कल्पना कोजु, लक्ष्मीसुन्दरलगायतले धेरै सहयोग गर्नुभयो र सान्त्वना दिनुभयो । अस्पतालको काजगी प्रक्रिया पूरा गरेर मलाई ब्रह्मायणीस्थित ख्वप अस्पतालको अन्तरङ्ग विभागमा पु¥याइयो । त्यहाँका कर्मचारीहरूले पनि मलाई स्वागतयोग्य व्यवहार गर्दै चिन्ता नलिन आग्रह गर्नुभयो र मलाई शøया नं २२५ मा बस्ने व्यवस्था मिलाइयो । भोलिपल्ट राउन्ड लिन मेरै विद्यार्थी डा. रचना आइन् । उनलाई देख्दा झनै खुसी लाग्यो । उनले शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । यसबाट मलाई शिक्षक भएकोमा गर्व महसुस भयो ।”
२८ गते ओटीको दिन थियो । दिउँसो डा. मजेशप्रताप मल्ल सधैँझैँ उहीँ हँसिलो र चम्किलो अनुहारका साथ आउनुभयो । सबै ठीक हुन्छ भन्दै उहाँले अप्रेसनको तयारीमा लाग्न अनुरोध गर्नुभयो । मेरो दिउँसो १ देखि २ बजेसम्म अपरेसन भयो । डा. मजेशप्रताप मल्ल, डा. मनिष प्रधानाङ्ग, डा. सन्देशलगायतको टीमले सफलतापूर्वक मेरो खुट्टाको अपरेसन गरिदिनुभयो । पछि होसमा आएपछि डाक्टरहरूले अपरेसनको फोटो देखाउँदै अप्रेसन राम्रो भएको र नआत्तिन सल्लाह दिनुभयो । हामी अप्रेसनपछि पाँच दिन अस्पतालमा बस्यौँ । पहिला २२५ नं शøयामा बसेको मलाई मेरो असहजता बुझेर नर्स रविनाले २१८ नं. शøयामा सारिदिनुभयो । पाँच दिन त्यहाँ बस्दा डाक्टर, नर्स, गार्ड दाइहरू, हेल्पर आदिको धेरै हार्दिकता थियो जसले मेरो दुखाइमा सहजता ल्यायो । बरु घरमा पुगेपछि मैले दुखाइ महसुस गरेँ । म अहिले पनि घरमा बसेर अस्पतालका ती हँसिला अनुहार सम्झेर दुखाइ बिर्सन्छु ।
अन्त्यमा, ख्वप अस्पतालका डा. मजेश, डा. मनिष, डा. सन्देश, डा. अमर, डा. श्रीबोधकुमार, डा. सृष्टि, डा. ईश्वर, डा. रचना परिचारिकाहरू रविना, रमितालगायत सम्पूर्ण अस्पताल परिवारप्रति आभारी छु । साथै दुःखको यस घडीमा अस्पतालमा पुगेर मलाई साथ तथा सान्त्वना दिनुहुने सांसद प्रेम सुवाल, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, वागीश्वरी माविका सहप्राचार्य उकेश सुवाललगायत सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
Leave a Reply