यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कैलाली, १७ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीले बिहीबार लम्की चुहा नपा वडा नं २ गणेशपुरमा गाउँ भेला सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारका कामदार महिलाहरूको मुक्तिको दिन हो भन्नुभयो ।
नेमकिपाले महिलालाई राजनैतिकरूपमा शिक्षित, दीक्षित र सांस्कृतिकरुपमा अब्बल बनाउने काम गरिरहेको उल्लेख गर्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारेजानकारी दिँदै महिलाहरूप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष मार्च ८ लाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला’ दिवस मनाउने सुरू गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली अध्यक्ष एवं केन्द्रीय सहसचिव लक्ष्मी पुनले धनी र हुने खाने महिलाले गरगहना, लुगा देखाउने तडकभडक गरी नारी दिवस मनाउँदै आएको तर नेक्रामहिला सङ्घले कामदार महिलालाई राजनैतिक प्रशिक्षण दिई दिवस मनाउँदै आएको बताउनुभयो । कार्यक्रममा नेमकिपा कैलाली सदस्य ज्योति बडुवाल र जानकीकुमारी सिजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply