यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १७ फागुन । भक्तपुर नपा वडा नं. ४ राममन्दिरस्थित शान्ति निकेतन माध्यमिक विद्यालयको ५४ औँ वार्षिकोत्सव तथा शिक्षक सम्मान कार्यक्रम बिहीबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको बलियो जगले समाजलाई सभ्य र सुसंस्कृत बनाउन टेवा पु¥याउने बताउँदै सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले विभिन्न विषयका कलेजहरू आफ्नै स्वामित्वमा सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
आजको शिक्षाको उद्देश्य २१ औँ शताब्दीको लागि योग्य, सक्षम र देशभक्त नागरिक तयार गर्ने बताउँदै उहाँले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने युवा जनशक्ति उत्पादनमा विद्यालयले जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा हुने विविध गतिविधिहरूमा शान्ति निकेतन माविको पनि उत्साहजनक सहभागिता रहँदै आएको बताउँदै भक्तपुरको शैक्षिक उन्नति र प्रगतिमा शान्ति निकेतन माविको उल्लेखनीय भूमिका रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नपाको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा भएका उल्लेखनीय गतिविधिबारे प्रस्ट पार्दै भक्तपुर नपाले २०८० फागुन २९ गतेबाट अन्तर नगर महिला कबड्डी प्रतियोगिता आयोजनाबारे अवगत गराउनुभयो ।
विद्यालयका प्रअ विजयराम प्रजापतिले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतिकूलताबिच अनुकूलता खोज्दै विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदानमा जोड दिँदै आएको बताउनुभयो ।
विद्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै उहाँले यस आर्थिक वर्षमा विद्यालयले जेहेनदार विद्यार्थीहरूलाई रु. ७० हजार ४०० बराबरको छात्रवृत्रि प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयबाट अवकाश प्राप्त पूर्वप्रअ महेन्द्रगोपाल कर्माचार्य, शिक्षक इन्द्रकुमार साखले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले अवकाश प्राप्त शिक्षक कृष्णगोपाल प्रजापतिलाई सम्मान गर्नुभएको थियो भने रमा–मिना शिक्षक प्रेरणा पुरस्कार र केश प्रजापति स्मृति सहयोग अक्षय कोषलाई कृतज्ञता पत्र प्रदान गर्नुभएको थियो ।
Leave a Reply