भर्खरै :

उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, १७ फागुन । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरूमाझ उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई मावि अध्ययनपश्चात् उच्च शिक्षा अध्ययनमा अन्योल नहोस् भन्ने उद्देश्यले आयोजित यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई मार्गनिर्देश गर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं वागीश्वरी कलेज मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले वागीश्वरी कलेजले स्नातक तहमा बीए, बीएसडब्ल्यू बीबीएसजस्ता कार्यक्रमको पढाइ भइरहेकोबारे चर्चा गर्दै वागीश्वरी कलेजद्वारा शैक्षिक वर्ष २०७९/८० मा ३० लाखभन्दा बढी छात्रवृत्ति प्रदान गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा बीए चौथो वर्षमा अध्ययनरत छात्र गौरव लामिछानेले ग्रामीण विकास, छात्रा कृपा प्रजापतिले सामाजिक कार्य र सोना थुयाले ऐच्छिक अङ्ग्रेजी अध्ययनको महत्वबारे चर्चा गर्दै कलेजले गरेका गतिविधिहरूबारे बताउनुभएको थियो ।
बीए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी तेन्जिङ डोल्मा तामाङले पत्रकारिता विषयको महत्व, बीए दोस्रो वर्षमा अध्ययनरत छात्रा विमला मानन्धरले समाजमा भएका समस्या र तिनको समाधानबारे थाहा पाउन समाजशास्त्र अध्ययनको आवश्यकताबारे बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *