भर्खरै :

भक्तपुर कप फूटबल प्रतियोगितामा भाग लिएका खेलाडीहरूलाई जर्सी वितरण

भक्तपुर कप फूटबल प्रतियोगितामा भाग लिएका खेलाडीहरूलाई जर्सी वितरण

भक्तपुर, १७ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर युवा टीमको आयोजनामा फागुन १८ गतेबाट भक्तपुरको माहेश्वरी खेलमैदानमा हुने तेस्रो भक्तपुर कप फूटबल प्रतियोगितामा भाग लिएका खेलाडीहरूलाई बिहीबार जर्सी वितरण गर्नुभयो ।
खेलाडीहरूलाई मार्गनिर्देश गर्दै नगर प्रमुख प्रजापतिले खेलाडीहरूमा आत्मबल, एकाग्रता र अनुशासन हुनुपर्ने बताउँदै खेलाडीहरूलाई उत्साहित गर्ने गतिविधिमा नपाले जोड दिँदै आएको बताउनुभयो ।
उहाँले राम्रो खेलाडी बन्न विश्वप्रख्यात खेलाडीहरूको जीवनी अध्ययनमा जोड दिनुपर्ने बताउँदै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने हिसाबले खेल्नुपर्ने बताउनुभयो ।
आफ्नो रुचिअनुसारको क्षेत्रमा आफ्नो सीप विकास गर्नेतर्फ जोड दिनुपर्ने बताउँदै उहाँले समाज विकासमा खेलाडीहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अनुशासित भएर प्रतियोगितामा सहभागी हुन प्रेरित गर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *