यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कैलाली, १९ फागुन । ११४ औँ श्रमिक महिला दिवसको अवसरमा, नेपाल क्रान्तिकारी महिला सङ्घ लम्कीचुहा नपा वडा नं ७ एकाइ समितिको हरैयापुरमा महिला भेला आयोजना गरियो ।
भेलामा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले कुनै पनि काम नलाग्ने कुरालाई परिवर्तन गर्नुलाई क्रान्ति भनिन्छ भन्नुभयो । त्यसैले नेपाल क्रान्तिकारी महिला सङ्घ पुँजीवादी व्यवस्थालाई हटाएर समाजवादी व्यवस्था ल्याउनका लागि सङ्घर्ष गरिरहेको उहाँले बताउनुभयो । जनताले कुन विचार सही र कुन विचार गलत त्यो बुझेर राजनीति गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले नेमकिपाका जनप्रतिनिधि र अन्य दलका जनप्रतिनिधिमा फरक छ भन्नुभयो । हामीले पार्टीका घोषणापत्रलाई मार्ग दर्शनका रूपमा लिन्छौ तर अरूले घोषणा पत्रलाई देखाउने कागज मात्रै बनाएका छन् भन्दै उहाँले जनताको अहित गर्ने दलहरूको कमजोरी जनताको बिचमा पु¥याउने काम हाम्रो भएको प्रस्ट पार्नुभयो ।
यसैगरी नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली अध्यक्ष एवं केन्द्रीय सहसचिव लक्ष्मी पुनले राजनीति वर्गीय हुने बताउनुभयो । महिलाहरू राजनीतिमा सक्रिय भएर अगाडि आउन समेत जोड दिनुभयो । श्रमिक महिला दिवसको कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।
त्यसैगरी नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कैलाली अध्यक्ष एवं केन्द्रीय सदस्य गुप्तबहादुर शाहीले राजनीतिमा शत्रु र मित्र चिन्नुपर्छ भन्नुभयो । हुनेखाने वर्गले सर्वहारा वर्गलाई राजनीतिमा माथि उठ्न नदिने भएकोले नै हामीले राजनीति गर्नु परेको बताउनुभयो ।
यसैगरी नेपाल क्रान्तिकारी मजदुर सङ्घका रामकृष्ण गोराले किसान र मजदुरलाई राज्य व्यवस्थामा पुगाउने पार्टीको मुख्य धारणा भएको स्पष्ट पार्नुभयो । वडा अध्यक्ष गोराले किसान आन्दोलन चर्काउने काम नेमकिपाले गरेको हुँदा जमिनदार वर्गले नेमकिपाको विरोध गर्छन् भन्नुभयो । काठमाडौँ उपत्यकामा मोहियानी हक कायम, साँढे धपाउनेजस्ता कामले जनताको विश्वास नेपाल मजदुर किसान पार्टीमा भएको प्रष्ट पार्नुभयो
यस्तै नेपाल क्रान्तिकारी युवा सङ्घका कृष्णप्रसाद कोजुले भक्तपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य रोजगार, आदर निकेतन, शिशु स्याहार केन्द्र, घर –घरमा नर्सिङ, खेलकुद, व्यायामशाला, आदि गरेका बताउनुभयो । जयकला जैशीको अध्यक्षतामा भएको कार्यक्रममा गगनबहादुर थापामगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply